विश्व शान्तीको कामना गर्दै कास्कीकोटमा नवदुर्गा महोत्सव हुने, फुलपातीमा सैन्य अभ्यास प्रर्दशन
पाेखरा | असोज २५, २०८०
पोखरा: कास्कीकोट दरबारमा रहेको गुप्तकालीका मन्दिरमा विश्व शान्तीको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली काश्यप धार्मीक क्षेत्रविकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो ।
परापुर्व कालदेखि तान्त्रीक तथा वैद्धिक पुजा हुदै आएको मन्दिरमा यस वर्ष विश्वमा भैइरहेको युद्ध तथा प्राकृतीक प्रकोप वाट मानवीय तथा भौतीक क्षती नहोस् भन्दै शान्तीको कामनार्थ घटस्थापनादेखि दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर गुप्तकालीकाको पूजा गरिने धार्मीक क्षेत्रविकास समितिका अध्क्षय दिलिप विक्रम शाहीले बताए ।
घटस्थापनाको दिन असोज २८ गते विधिवत रुपमा कोतमा प्रवेश गरी नवदुर्गाभर विशेष रुपमा चण्डी पाठ दुर्गा कवज हुने धार्मीक क्षेत्रविकास समितिका सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए । त्रिपाठीका अनुसार कास्कीकोट गुप्तकालीका मन्दिरमा परापुर्व काल देखि पर्व विशेषमा विभिन्न गतिविधि संचालन हुदै आएका छन् । यस वर्षको बडा दशैंको १० दिन सम्म कोतघरमा पाणा पुजारी सहित विश्व शान्तीको कामना गर्दै विशेष पुजा गरिने भएको हो ।
बडा दशैंको फुलपातीमा पोखराको रामघाट वाट लगेको फुलको डोली विधिवत मन्दिर प्रवेश गराएर नवपत्रिकाको तान्त्रीक पुजा गरीने त्रिपाठीले बताए । उनले भने फुलपातीकै दिन कुवर जातीको लोप उन्मुख सैन्य अभ्यास सरुन खेल समेत प्रर्दशन गरिने कार्यक्रम रहेको छ । अष्ठमीको दिन मध्यरातमा कालरात्रीको पुजा र नवमीमा पञ्चवली दिने गरिन्छ । दशमीमा मन्दिरमा टिका ग्रहण गरी वास्पानीकालीकामा फुलपत्र सहित पुजा विर्सजन हुने छ ।
यहाँ नेपालमा नै लोपोन्मुख सरुङ खेल र मालश्री धुन प्रस्तुत गरिने सचिव ठाकुर प्रसाद त्रिपाठीले बताए ।
कास्कीकोटमा दशैको बेलामा बजाइने नगरा, सत्रौँ शताब्दीका ढाल तरबारहरू लगायत तोपहरूको समेत प्रदर्शन गरिने मन्दिरका अमाली खिम वहादुर कार्कीले बताए ।
यहाँ पूजा र पञ्चबली भाकल गर्नेहरूको दैनिक भिड लाग्ने गर्छ । गुप्तकालीका मन्दिरमा कास्की राज्यको स्थापनासँगै यहाँ हरेक दसैँमा विशेष पूजा हुँदै आएको छ । यस ठाउँबाट नै कास्की जिल्लाको नामाकरण भएको मानिन्छ ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

