बागलुङको माझखर्कमा दशैंमेला कात्तिक पहिलो साता

बाग्लुङ | असोज २५, २०८०

बागलुङको माझखर्कमा दशैंमेला कात्तिक पहिलो साता

बागलुङ:   बागलुुङको ताराखोला गाउँपालिका १ माझखर्कमा विजयादशमीको अवसरमा ‘दशैमेला २०८०’ एवम् क्लबको २२ औं वार्षिकोत्सव विविध कार्यक्रमसहित मनाउने भएको छ ।


माझखर्कमा सक्रिय रहदैं आएको शिव लेकाली जीवन ज्योति युवा क्लबले २२ औं वार्षिकोत्सव तथा बडादशैंको अवसरमा खुुल्ला वडा स्तरीय भलिबलसँगै विविध कार्यक्रम आयोजना गरेको हो । 


आगामी कात्तिक १ देखि ४ गतेसम्म सञ्चालन हुने खुल्ला वडास्तरीय पुरुष भलिबलसँगै खुल्ला सामुहिक नृत्य, खुल्ला कारिमबोर्ड प्रतियोगिता र बेलुन फुटाई प्रतियोगिता आयोजना गरिएको क्लबका अध्यक्ष मन बहादुर घर्तीमगरले बताए । 


बडादशैको अवसरमा आयोजित पुरुष भलिबल प्रतियोगितामा ताराखोला गाउँपालिका भित्रको वडाले मात्र सहभागिता जनाउन पाउने अध्यक्ष घर्तीले बताए ।


‘क्लबको वार्षिकोत्सवसँगै दशैमेलामा आयोजित पुरुष भलिबल प्रतियोगितामा गाउँपालिका भित्रका वडाले मात्र सहभागिता जनाउने पाउनेछन्’, अध्यक्ष घर्तीमगरले भने ।


उनका अनुसार पुुरुष भलिबल प्रतियोगितामा प्रथम र द्धितिय हुुनेले क्रमश ३५ हजार र २० हजार ट्रफी प्रमाण प्राप्त गर्नछन भने सेमिफाइनलमा प्रवेश गर्ने दुुई समूहलाई नगद ५र५ हजार प्रदान गरिने छ ।
भलिबल प्रतियोगितामा सहभागिता जनाउन ३ हजार ५ सय शुल्क निर्धारण गरेको क्लबले जनाएको छ ।


त्यस्तै खुुल्ला सामुुहिक नृत्य प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय हुुने समुहले क्रमशः १०, ६ र ४ हजार प्राप्त गर्नेछन । भने प्रतियोगितामा सहभागिता जनाउन १हजार २ सय शुुल्क निर्धारण गरेको छ । 


यस्तै खुल्ला कारिमबोर्ड प्रतियोगितामा प्रथम र द्धितीय हुनेले क्रमश ७ र ३ हजार ५ सय पुरस्कार प्राप्त गर्नेछन् भने प्रतियोगितामा सहभागिता जनाउन १ हजार रुपैयाँ शुल्क निर्धारण गरेको छ ।


वर्षेनी गर्दै आएको खुुल्ला महिला÷पुुरुष भलिबल अब प्रतियोगिता हरेका तीन वर्षको अन्तरालमा आयोजना गर्ने क्लबका अध्यक्ष घर्तिले बताए । 


क्लबले वर्षायामको समयमा सडक मर्मत, गोरेटो बाटो निर्माण लगायत प्रजातन्त्र विकास माविका विद्यार्थीहरुलाई प्रत्येक वर्ष विभिन्न विधामा पुुरस्कार वितरणसँगै सोही विद्यालयका उत्कृष्ट शिक्षकलाई समेत सम्मान गर्दै आएको छ । 


यस्तै क्लबले अमर प्राथमिक विद्यालयमा समेत गतवर्षदेखि उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्न थालेको छ ।खेलकदुको विकाससँगै सामाजिक क्रियाकलापमासमेत उक्त क्लब सक्रिय रहदैं आएको छ ।

काठमाडौँ:  चारदिने औपचारिक भ्रमणका क्रममा राष्ट्रपति रामचन्द्र पौडेल आज जापान पुगेका छन् ।   उनलाई नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा जापानको विदेश मन्त्रालयका प्रमुख शिष्टाचार महापाल, नेपालका...

थप पढ्नुहोस्

पोखरा:   कास्की क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीको प्रतिनिधि सभा सदस्यको उम्मेदवार बिना गुरुङले मतदातासँग भेट्ने तथ नीतिगत तहबाट गर्न सकिने कामहरुको छलफल गर्ने अभियान चलाइरहेकी छन् । &nbs...

थप पढ्नुहोस्

पोखरा:   कास्की क्षेत्र नम्बर २ का नेकपाका उम्मेदवार हेमबहादुर थापा (आमोद)ले सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको स्थायी समाधान गर्न नेकपाको नेतृत्व आवश्यक रहेको बताएका छन् ।   अखिल ने...

थप पढ्नुहोस्