हेडक्वार्टर तानिए बाँके र सर्लाहीका प्रहरी प्रमुख

काठमाडाैं | असोज २६, २०८०

हेडक्वार्टर तानिए बाँके र सर्लाहीका प्रहरी प्रमुख

प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका प्रहरी प्रमुखलाई हेडक्वार्टर तानेको छ।

 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौर र जिल्ला प्रहरी प्रहरी कार्यालय सर्लाहीका प्रमुख नरेशराज सुवेदीलाई काज सरूवा गरी हेडक्वार्टर तानेको हो। दुई एसपीको स्थानमा प्रहरी प्रधान कार्यालयले सुवास बोहोरा र प्रवीण धिताललाई जिल्लाको नेतृत्व दिएको छ।

 

बोहरालाई बाँके र धिताललाई सर्लाही प्रहरी प्रमुखको जिम्मा दिएर काज सरूवा गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता डीआइजी कुबेर कडायतले जानकारी दिए। बाँकेमा फेसबुक स्टाटसको निहुँमा केही दिनअघि सामाजिक सद्भावमाथि खलल पुग्ने गतिविधि भएको थियो। सुरक्षा चुनौती भएपछि त्यहाँ कर्फ्युसमेत लगाइएको थियो।


सर्लाहीमा पनि मूर्ति बिसर्जनको क्रममा दुई पक्षबीच झडप हुँदा कर्फ्यु लगाइएको थियो।

पोखरा:    कास्की प्रहरीले पोखरा १७  ड्यामसाइडबाट ११ जनालाई जुवाखालबाट पक्राउ गरेको छ ।   जुवा खेल्ने र खेलाउने गरी ११ जनालाई नगद ३ लाख ४६ हजार ९ सय ६५ रुपैयाँसहित शनिबार पक्राउ ...

थप पढ्नुहोस्

पाल्पामा भएको टिप्पर दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ ।   शनिबार राति पाल्पाको माथागढी–७, रहबासमा लु २ ख ४५२५ नम्बरको टिप्पर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । &nbs...

थप पढ्नुहोस्

मध्यपूर्वमा तीन हप्तादेखि बढ्दो युद्धको बिचमा, इरानले आफ्नो आक्रमणलाई विश्वव्यापी पर्यटन र मनोरञ्जन स्थलमा फैलाउने धम्की दिएको छ । त्यसैबिच, अमेरिकाले यस क्षेत्रमा थप युद्धपोत र सैनिक पठाउने घोषणा गरेको छ । &nbs...

थप पढ्नुहोस्