हेडक्वार्टर तानिए बाँके र सर्लाहीका प्रहरी प्रमुख

काठमाडाैं | असोज २६, २०८०

हेडक्वार्टर तानिए बाँके र सर्लाहीका प्रहरी प्रमुख

प्रहरी प्रधान कार्यालयले बाँके र सर्लाहीका प्रहरी प्रमुखलाई हेडक्वार्टर तानेको छ।

 

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख एसपी सन्तोषसिंह राठौर र जिल्ला प्रहरी प्रहरी कार्यालय सर्लाहीका प्रमुख नरेशराज सुवेदीलाई काज सरूवा गरी हेडक्वार्टर तानेको हो। दुई एसपीको स्थानमा प्रहरी प्रधान कार्यालयले सुवास बोहोरा र प्रवीण धिताललाई जिल्लाको नेतृत्व दिएको छ।

 

बोहरालाई बाँके र धिताललाई सर्लाही प्रहरी प्रमुखको जिम्मा दिएर काज सरूवा गरिएको प्रहरीको केन्द्रीय प्रवक्ता डीआइजी कुबेर कडायतले जानकारी दिए। बाँकेमा फेसबुक स्टाटसको निहुँमा केही दिनअघि सामाजिक सद्भावमाथि खलल पुग्ने गतिविधि भएको थियो। सुरक्षा चुनौती भएपछि त्यहाँ कर्फ्युसमेत लगाइएको थियो।


सर्लाहीमा पनि मूर्ति बिसर्जनको क्रममा दुई पक्षबीच झडप हुँदा कर्फ्यु लगाइएको थियो।

म्याग्दी:  म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम बेनीबजारसँग जोड्ने बेनी–दरवाङ सडक तीन दिनदेखि अवरुद्ध छ । बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिम...

थप पढ्नुहोस्

काठमाडौं:  बङ्गालको खाडीमा विकसित भएको चक्रवात “मोन्था” हाल भारतको छत्तिसगढ आसपासमा न्यूनचापीय क्षेत्रका रूपमा रही नेपालको मौसम प्रभावित भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले नेपालमा ...

थप पढ्नुहोस्

काठमाडौं:   आज हरिबोधिनी एकादशी । वैदिक सनातन हिन्दू धर्मावलम्बीले भगवान् विष्णुको प्रतीकका रूपमा तुलसीको व्रत र पूजा गरी मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल एकादशीका दिन मनाइने हरिबोधिनी एकादशी...

थप पढ्नुहोस्