स्वर्गीय टेकबहादुर गुरुङको सम्झनामा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक

पाेखरा | असोज २६, २०८०

स्वर्गीय टेकबहादुर गुरुङको सम्झनामा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक

पोखराः    स्वर्गीय टेकबहादुर गुरुङको स्मृतिमा घान्द्रुक तिख्यानस्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयमा विद्यार्थीहरुलाई शैक्षिक सामाग्री र पोशाक वितरण गरिएको छ । 


स्वर्गीय गुरुङको स्मृतिमा उनका छोरा मनिष गुरुङका परिवारले लामा अमृत फाउण्डेशन घान्द्रुकको समन्वयमा आज (शुक्रबार) एक कार्यक्रमकाबीच घान्द्रुक तिख्यान स्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री, पोशाक वितरण गरेको हो ।


कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक तिख्यान स्थित कुर्लङ्ग आधारभुत विद्यालयका ३९ जना विद्यार्थीहरुलाई स्वर्गीय टेकबहादुर गुरुङको स्मृतिमा शैक्षिक पोशाक र शैक्षिक सामाग्री वितरण गरिएको लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले बताए ।


‘विभिन्न समयमा लामा अमृत फाउण्डेशनले विभिन्न स्थान, समाजमा सहयोग गर्दै आएको छ’, गुरुङले भने, ‘स्वर्गीय टेकबहादुर गुरुङका छोराले बुबाको सम्झनामा विद्यालयमा सहयोग गर्ने बाचा अनुरुप फाउण्डेशनको समन्वयमा आज शैक्षिक पोशाकसँगै शैक्षिक सामाग्री वितरण गरिएको हो ।’


उनले अन्य सामाजिक कार्यमा सहभागी भएपनि पछिल्लो समय शैक्षिक क्षेत्रमा पनि फाउण्डेशन मार्फत सक्रियता बढाएको बताए ।


‘कोभिड लगायत प्राकृतिक विपत्तिमा फाउण्डेशनको सहकार्यमा विभिन्न स्थानहरुमा राहत लगायत सामाजिक कार्यमा सहभागी भएको थिए’, उनले भने, ‘शिक्षा नै जिवनको महत्वपूर्ण खुड्किलो हो, शैक्षिक क्षेत्रलाई गुणस्तरीयता बनाउन फाउण्डेशन मार्फत पछिल्लो समय सक्रियता बढाएको छु ।’


कार्यक्रममा विद्यालयका प्रधानाध्यापक ममिता थापा मगरले विद्यालयको आयस्रोत कम भएकाले भौतिक संरचना निर्माणमा सहयोगको आवश्यकता रहेको बताईन् ।


‘विद्यालयको आयस्रोत कम छ, भौतिक संरचना निर्माण भएपनि विभिन्न किसिमका शैक्षिक सामग्री खरिद गर्न आर्थिक अभाव छ’, प्रधानाध्यापक मगरले भनिन्, ‘ग्रामिण क्षेत्रको शैक्षिक सुधारका लागि फाउण्डेशनको सहयोग हामी सम्झी रहने छौं ।’


कास्कीको अन्नपूर्ण गाउँपालिका १० घान्द्रुक तिख्यान स्थित कुर्लङ्ग बराह आधारभुत विद्यालयमा ३९ जना विद्यार्थीहरु अध्ययनरत रहेका छन् । उनीहरुलाई हङकङमा कार्यरत मनिष गुरुङले स्वर्गीय बुबा टेकबहादुर गुरुङ (काजीको काइला)को स्मृतिमा ३९ जना विद्यार्थीहरुलाई शैक्षिक सामग्री, शैक्षिक पोशाक र शिक्षकहरुलाई शैक्षिक सिकाईका लागि विभिन्न सामग्री लामा अमृत फाउण्डेशन घान्द्रुकको समन्वयमा वितरण गरिएको हो । 
 

विराटनगर: नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चलाएको मुद्दा अब अदालतको विषय भएकाले कुनै टिप्पणी नगर्ने बताउनुभएको छ । विर...

थप पढ्नुहोस्

काठमाडौं: लगातार स्थगित हुँदै आएको प्रतिनिधि सभाको बैठक शुक्रबार पनि सूचना टाँस गरेर जेठ २५ गते आइतबार १ बजेसम्मका लागि स्थगित भएको छ ।  विपक्षी दलले गृहमन्त्रीको राजीनामा सहितका माग गर्दै सदन सञ्च...

थप पढ्नुहोस्

धनुषा:  नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्ने बताउनुभएको छ । आज पार्टीको मधेश प्रदेश कार्यालय जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्...

थप पढ्नुहोस्