पोखरामा खुला फुटसल प्रतियोगिता सुरु, सबिन मेमोरियलको विजयी सुरुवात
पाेखरा | असोज २७, २०८०

पोखरा: पोखरामा नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगिता–२०८०’ सुरु भएको छ ।
राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रङ्गशालास्थित कभर्ड हलमा आज (शनिबार) देखि फुटसल प्रतियोगिता सुरु भएको हो ।
उद्घाटन खेलमा सबिन मेमोरियल एफसीले सत्य युवा क्लब बाझापाटनलाई २–१ गोल अन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको छ ।
सबिन मेमोरियलको जीतमा अभिनाश तामाङ र अंकित गुरुङले समान १/१ गोलको योगदान दिए भने बि–१३ को तर्फबाट रामकृष्ण श्रेष्ठले १ गोल फर्काए ।
यस्तै दोस्रो खेलमा शिशुवा भद्रकाली एफसीले ड्रिमर्स एससीलाई ६–३ गोल अन्तरले हराउँदै प्रिक्वाटरफाइनलमा प्रवेश गर्याे ।
शिशुवा भद्रकालीको जितमा युनिक तामाङले ह्याट्रिक पुरा गरे भने प्रनिश गुरुङ, प्रविन गुरुङ र मनिल गुरुङले समान १/१ गोल गरे ।
यता ड्रिमर्सको तर्फबाट प्रज्वल शाही (लक्ष्मण), सुरज गुरुङ र धिरज मगरले १/१ गोल फर्काए ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै अखिल नेपाल फुटबल संघका निवर्तमान अध्यक्ष कर्मा छिरिङ शेर्पाले नेपाली फुटसलको विकासमा यस प्रतियोगिताले टेवा पुर्याउने धारणा व्यक्त गरे ।
उनले आगामी प्रतियोगितालाई व्यवसायिक बनाउनका लागि ठुला कम्पनीहरुलाई जोड्नुपर्नै बताउदै आफुले पनि सहकार्य गर्न तयार रहेको बताए । सो प्रतियोगिताले नयाँ खेलाडी उत्पादन गर्न टेवा पुर्याउने बताउदै निरन्तरता दिनुपर्ने बताए ।
उनले आफ्नो कार्यकालमा नेपालमा पहिलोपटक राष्ट्रिय फुटसल लिग आयोजना गरेको स्मरण गर्दै वर्तमान नेतृत्वको सरकारले पनि निरन्तरता दिनुपर्ने उल्लेख गरे ।
‘मेरो नेतृत्वमा पर्यटकीय राजधानी पोखरामा राष्ट्रिय लिग सम्पन्न गरेका थियौं, उनले भने, ‘अहिलेको सरकारले पनि यस्तो खालको प्रतियोगितालाई सहजीकरण र व्यवस्थापन गर्न जरुरी छ । र राष्ट्रिय लिगलाई पनि निरन्तरदा दिन आवश्यक छ ।’
प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५ लाख प्रदान गरिने प्रतियोगिता संयोजक आशिष क्षेत्रीले जानकारी दिए । उनका अनुसार उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३ लाख प्रदान गरिनेछ ।
यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ५० हजार र ट्रफिले पुरस्कृत गरिनेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद राशीद्वारा पुरस्कृत गरिनेछ ।
आगामी ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट कुल १४ टिमको सहभागिता रहेको छ ।
पोखरा: जनप्रकाश बहुमुुखी क्याम्पस अल्मुनाइ एशोसिएसनद्वारा आयोजित रक्तदान कार्यक्रममा ५२ युनिट रगत संकलन भएको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत रक्तदान कार्यक्रम आया्ेजना गरेक...
काठमाडौं: नेपालले एसिसी मेन्स यु–१६ इस्ट जोन कपको उपाधिका लागि सिंगापुरसँग खेल्ने भएको छ । आज भएको दोस्रो सेमिफाइनलमा हङकङलाई ४ विकेट पराजित गरि सिंगापुरले नेपालसँगको उपाधि भिडन्त पक्का ...
पोखरा: गण्डकी प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले सञ्चालित सीपमूलक तालिम कार्यक्रम प्रभावकारी रूपमा अघि बढेको छ । सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयक...