पोखरामा जारी फुटसलमा सबिन मेमोरियल सेमिफाइनल प्रवेश

पाेखरा | असोज २८, २०८०

पोखरामा जारी फुटसलमा सबिन मेमोरियल सेमिफाइनल प्रवेश

पोखरा:   पोखरामा जारी नेपालकै सर्वाधिक पुरस्कार राशीको ‘दोस्रो खुला फुटसल प्रतियोगितामा सबिन मेमोरियल सेमिफाइनलमा प्रवेश गरेको छ ।  

 

राजन एण्ड द ब्रदर्शको आयोजनामा पोखरा रंगशालास्थित कभर्ड हलमा जारी खुला फुटसल प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा फ्रिडम फाइटरलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । 
 

 

सबिनको जितमा अविनाश तामाङले निर्णायक गोल गरे भने, एक गोल फाइटरको तर्फबाट आत्मघाती गोल भएको थियो । यता फ्रिडम फाइटरका लागि नविन लामाले सान्त्वना गोल फर्काए ।  
 

 

प्रिक्वाटरका ५ खेल सम्पन्न 

 

आज (आइतबार) सम्पन्न प्रिक्वाटरफाइनलका ५ खेलबाट मेन्टेन एफसी, फ्रिडम फाइटर काठमाडौं, एडी युनाइटेड पोखरा, क्वाटरफाइनलमा प्रवेश गरे । 

 

पहिलो खेलमा मेन्टेन एफसीले बेलिज एफसीलाई ५–३ गोल अन्तरले पराजित गर्दै अघिल्लो चरणमा प्रवेश गर्याे । मेन्टेनको जितमा विशाल सारुमगरले २ गोलको योगदान दिए यस्तै सन्तलाल तामाङ, सुवास श्रेष्ठ र जेनेश प्रजापतिले समान १÷१ गोलको योगदान दिए । यता बेलिजका लागि संगम दर्जी, नविन तामाङ र विनय तामाङले समान १/१ गोल फर्काए । 

 

यस्तै दोस्रो खेलमा फ्रिडम फाइटरले जनएकता एफसी चाउथेलाई ७–१ गोलको फराकिलो पराजित गर्याै । फ्रिडमको जितमा मणिकुमार लामाले ४ गोलको योगदान दिए । यस्तै नविन लामा, अनिल खड्का र सुशान्त श्रेष्ठले समान १÷१ गोलको गरे भने जनएकता चाउथेका लागि रोशन नेपालीले सान्त्वना १ गोल फर्काए । 

 

यस्तै तेस्रो खेलमा एडी युनाटेडले राजन एण्ड ब्रदर्श टिम ‘ए’ माथि ८–४ गोलको फराकिलो गोल अन्तरले जित निकाल्यो । एडी युनाटेडको जितमा अर्जुन मगरले ह्याट्रिक पूरा गरे । रोशन मगरले ४ र विकास परियारले १ गोल गरे । 

यता राजन एण्ड ब्रदर्श टिम ‘ए’ का लागि जीवन गुरुङले २, सन्दिप गुरुङ र विकास परियाले समान १÷१ गोल फर्काए । 

 

आज भएको प्रिक्वाटरको अन्तिम खेलमा दीप युनाटेडले आरआईसी एफसीलाई ३–२ गोलले पराजित गरेको छ । दीपको जीतमा आशिष छन्त्याल, फोनश कार्की र निकेश गुरुङले गोल गरे । यता आरआईसीका लागि सुमन गुरुङ र आयुष थापाले समान १/१ गोल फर्काए । 

 

प्रतियोगिताको विजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५ लाख प्रदान गरिने प्रतियोगिता संयोजक आशिष क्षेत्रीले जानकारी दिए  ।

 

उनका अनुसार उपविजेता टिमलाई शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ३ लाख प्रदान गरिनेछ । यस्तै प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीलाई ५० हजार र ट्रफिले पुरस्कृत गरिनेछ भने उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई पनि नगद राशीद्वारा पुरस्कृत गरिनेछ । 

 

आगामी ३० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरबाट कुल १४ टिमको सहभागिता रहेको छ ।
 

स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ।   स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...

थप पढ्नुहोस्

गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ ।   जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

थप पढ्नुहोस्

वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ।   पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

थप पढ्नुहोस्