डेढ किलाे चरेससहित दार्चुलामा २ जना पक्राउ
काठमाडाैं | कात्तिक १, २०८०
सांकेतिक तस्बिर
दार्चुलामा प्रहरीले एक किलो छ सय ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–७ का ३६ वर्षीय उज्ज्वल बोहरा र २८ वर्षीय रामबहादुर बोहरा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० शिवबहादुर सिंहले जानकारी दिनुभयो । आज बुधवार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तीबाट उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले बताउनुभयो ।
पक्राउ परेका दुवै जनालाई प्रहरी कार्यालय दार्चुलामा ल्याएर अनुसन्धान भइरहेको बताइएको छ । दार्चुलामा प्रहरीले अहिले लागुऔषधविरुद्धको महाअभियानसमेत चलाइरहेको छ ।
सुर्खेत: आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...
चितवन: पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ । इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...
पोखरा: फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ । उत्सवमा ३ वटा स...

