लेकसाइडस्थित मेडिकल हलबाट लागूऔषध बेचबिखन गर्ने सबिन प्रकाउ

पाेखरा | कात्तिक १, २०८०

लेकसाइडस्थित मेडिकल  हलबाट लागूऔषध बेचबिखन गर्ने सबिन प्रकाउ

पोखरा:  लेकसाइड डिहिगोपाटन स्थित जिना मेडिकल हलबाट लागूऔषध बेचबिखन गरेको आरोपमा प्रहरीले सबिन चौधरीलाई प्रकाउ गरेको छ । 


पोखरा महानगरपालिका ६ लेकसाइड डिहिगोपाटन स्थित जिना मेडिकल हल सञ्चालन गरी बस्ने २८ वर्षीय चौधरीलाई प्रहरीले लागूऔषधसहित प्रकाउ गरेको हो । 


मेडिकल हलबाट लागूऔषध कारोवार भइरहेको गोप्य सूचनापछि वडा प्रहरी प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले ८८ एम्पल लागूऔषध बरामद गरेको थियो । 


लागूऔषधको कारोवार भइरहेको गोप्य सूचनापछि प्रहरीले मेडिकल हल खानतलासी गर्दा डाईजापाम २८ एम्पुल, फेनारागन ३१ एम्पुल, नुर्फिन २९ एम्पुल गरी ८८ एम्पुल लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


प्रकाउ परेका सबिनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्धामा अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ । 

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्