स्थानीय सरकार संचालन ऎन पूर्णरुपमा कार्यान्वयनमा ल्याउन जि।स।स।महासंघ गण्डकीको आग्रह

काठमाडाैं | कात्तिक २, २०८०

स्थानीय सरकार संचालन ऎन पूर्णरुपमा कार्यान्वयनमा ल्याउन जि।स।स।महासंघ गण्डकीको आग्रह

जोमसोम: जिल्ला समन्वय समिति महासंघ गण्डकीले स्थानीय सरकार संचालन ऎनको दफा ९५  तत्काल पूर्ण रूपमा कार्यान्वयन गर्न आग्रह  गरेको छ।   अध्यक्ष लिलाधर पौडेलको अध्यक्षतामा मुस्ताङको सदरमुकाम जोमसोममा सम्पन्न चौथो बैठकले  स्थानीय सरकार संचालन ऎन दफा ९५ मा जिल्ला सभासंगको समन्वयमा  गण्डकी प्रदेशमा रहेका  नेपाल सरकार तथा प्रदेश सरकारका  कार्यालयहरूले  जिल्ला समन्वय समितिसंग समन्वय गरि कार्य गर्नु पर्नेछ  भने तापनि ब्यबहारमा धेरै समस्या रहेकोले यस दफालाई सक्रिय बनाउन नेपाल सरकारले संविधानको धारा २३२ अनुसार मातहतका कार्यालयहरूलाई निर्देशन जारि गर्न आग्रह गर्दै  जि।स।स। लाइ थप प्रभाबकारी बनाउन आबश्यक निति निर्माण गरिदिन जोडदार माग गर्ने निर्णय गरेको हो ।

 

बैठकले नेपालको संविधानको धारा २२० को उपधारा ८ अनुसार जिल्ला समन्वय समिति सम्बन्धि  अन्य ब्यबस्था प्रदेश कानुन बमोजिम हुनेछ भनिए तापनि हालसम्म  समन्वय ,अनुगमन , सहजीकरण र बिकास सन्तुलन  सम्बन्धि  कानुन गण्डकी प्रदेश सरकारबाट नबाइएको हुनाले छिटो भन्दा छिटो कानुन , ऎन ,कार्यविधि ,निर्देशिका निर्माण गरि जिल्ला समन्वय समितिको भूमिकालाई प्रभाबकारी बनाउन ठोस पहलकदमी लिन गण्डकी प्रदेश सरकार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयसंग जोडदार माग गरेको अध्यक्ष लिलाधर पौडेलले जानकारी दिनु भयो ।

 

पौडेलका अनुसार  गण्डकी प्रदेश अन्तर्गतका सबै जिल्ला समन्वय समितिहरूले बार्षिक समिक्षा गोष्ठी ,अर्धबार्षिक समिक्षा गोष्ठी ,जिल्ला सभा र अन्य सबै गतिविधिहरू बार्षिक कार्ययोजना तालिका बनाइ कार्यान्वयन गर्ने , मिति  २०८० श्राबण २८ गते बेलुकी आएको भिषण  बाढीका कारण क्षति हुन पुगेको मुस्ताङको  कागबेनी क्षेत्रको पुनर्निर्माण कार्य प्राथमिकताका साथ अगाडि बढाउँन र पीडितहरूलाई राहत उपलब्ध गराउन,  मुस्ताङ लगायत  गण्डकी प्रदेशका जिल्लामा जलबायु परिबर्तनका कारण देखिएका असरहरूको न्यूनीकरणका तत्काल कार्यक्रम ल्याउन संघ तथा  प्रदेश सरकारलाइ गम्भीर ध्यानाकर्षण गराएको छ ।

 

त्यसै गरि बैठकले गण्डकी प्रदेशको समृद्धिसंग जोडिएको कालिगण्डकी कोरिडोर अन्तर्गतको   बेनि – जोमसोम- कोरला सडकको  निर्माण कार्य तदारुकताका साथ् अगाडि बढाउन संघ ,प्रदेश सरकार  र निर्माण कम्पनिलाइ आग्रह गर्दै चीन  प्रवेशको नाका कोरला नाकालाइ  संचालनमा ल्याउने गृहकार्य तत्काल शुरु गर्न माग गर्ने निर्णय समेत गरेको छ  ।

 

यसैगरि गण्डकी प्रदेश लगायत देशैभरी दैनिक उपभोग्य बस्तु लगायत अन्य बस्तुमा भएको अनियन्त्रित र अस्वाभाविक मूल्य वृद्धिले सर्बसाधारण नागरिक आक्रान्त भएको तर्फ जि। स। स। महासंघ गण्डकीको गम्भीर ध्यानाकर्षण भएको भन्दै बैठकले  कालाबजारीले प्रश्रय पाएको जनगुनासो रहेकोले सो को नियन्त्रणका लागि अभिलम्ब पहलकदमी लिन स्थानीय तहहरू ,स्थानीय प्रशासन ,गण्डकी प्रदेश सरकार र संघ सरकारलाई जोडदार माग गरेको छ ।

 

महासंघले  दशैँ, तिहार , नेपाल संबत ११४४ ,इद , ल्होसार ,छठ,लगायतका  नेपालीहरूका बिभिन्न चाडपर्बहरूको अबशरमा समस्त गण्डकी प्रदेशका बासिन्दा सहित देश बिदेशमा  समेत रहनुभएका सम्पूर्ण नेपाली दाजुभाई दिदि बहिनीहरूहरूमा हार्दिक शुभकामना ब्यक्त गरेको छ ।

काठमाडौं:   रसुवामा आज गएको बाढीमा परेकामध्ये नौ जनाको शव फेला परेको छ । आज राति एकजनाको शव चितवनमा भेटिएसँगै मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ  । प्रहरी प्रधान कार्यालयले उपलब्ध गराएको पछिल्...

थप पढ्नुहोस्

पोखरा:  प्रदेश सरकारले गुरुङ र मगर भाषालाई समेत सरकारी कामकाजको भाषा बनाएको छ ।  गण्डकी प्रदेशमा अब नेपालीका साथसाथै गुरुङ र मगर भाषा पनि सरकारी कामकाज हुने छ ।  मङ्गलबारको बैठकबाट ...

थप पढ्नुहोस्

पोखरा: पोखरा महानगरपालिका वडा नं ३२ तल्लो गगनगौडामा मुख्य कार्यालय रही पोखरा महानगरपालिकाका वडा नं २९, ३०, ३१, ३२ र ३३ मा आफ्नो सेवा क्षेत्र बनाइ कृयाशिल गगनकालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो ...

थप पढ्नुहोस्