दशैं छेकोमा भारतीय राजदूत मुस्ताङमा, आज पोखरा फर्कदैं

पाेखरा | कात्तिक ८, २०८०

दशैं छेकोमा भारतीय राजदूत मुस्ताङमा, आज पोखरा फर्कदैं फाइल तस्विर

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दशैंको बिदामा मुस्ताङ भ्रमण गरेका छन् । 

 

परिवार र सहयोगीसाथ मुस्ताङ पुगेका राजदूत श्रीवास्तवले मुक्तिनाथ मन्दिरलगायत अन्य स्थान घुमघाम गरेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ । 

 

‘धेरै जानकारी दिन त मिल्दैन, उहाँको व्यक्तिगत भ्रमण हो’ जिप्रका मुस्ताङ प्रमुख एवं डिएसपी भोजराज पाण्डेले भने ‘उहाँ दूतावासकै सहयोगी लिएर आउनु भएको हो ।’ प्रहरीका अनुसार श्रीवास्तव घुमघाम र पूजापाठमामात्र व्यस्त रहे ।
 

 

श्रीवास्तव ३ दिन मुस्ताङ भ्रमण सकेर आज बिहानै सडक मार्गमार्फत पोखरातर्फ आउँदै छन् । मुस्ताङ रहँदा राजदूतले कुनैपनि सामाजिक कार्यक्रमको आयोजना नगरेको र समुदायसँग सम्पर्क नगरेको जनाइएको छ ।

 

मुस्ताङ धार्मिक र पर्यटन आकर्षणमात्र नभएर कूटनीतिक हिसाबले पनि महत्वपूर्ण जिल्ला मानिएको छ ।

 

यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समेत यहाँको भ्रमण गरेका छन् । चीनबाट नेपाल भित्रने कोरोला नाका उत्तरी भेगमा भएका कारण भारतले यस क्षेत्रलाई विशेष महत्व दिँदै आएको छ । 


 

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्