अपी हिमशृङ्खलामा छायाङ्कित भिडियो सार्वजनिक

काठमाडाैं | कात्तिक ९, २०८०

अपी हिमशृङ्खलामा छायाङ्कित भिडियो सार्वजनिक

काठमाडौं:    सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपीमा पहिलो पटक छायाङ्कन गरिएको भनिएको म्युजिक भिडियो ‘आएँ म त’ सार्वजनिक भएको छ । 


मौसमका कारण छायाङ्कन गर्न कठिन करिब सात हजार एक सय ३२ मिटर उचाइमा रहेको हिमालको आधार शिविरमा छायाङ्कनको टोली पुर्‍याएर कलाकार एवम् निर्देशक राजु भट्टले उक्त भिडियो सुटिङ गरेका थिए । 


काठमाडौंको वसन्तपुरदेखि दार्चुलाको अपीसम्मका दृश्य समेटेर तयार पारिएको भिडियोमा धनगढीकी कलाकार बोन्दिता धामी र अपीवासीका साथमा भट्टको अभिनय छ । भिडियोले नेपालको प्राकृतिक सौन्दर्य र ग्रामीण जनजीवनलाई श्रव्यदृश्यमार्फत प्रस्तुत गरेको छ । 

 


सिनेमाटोग्राफर केशव पाण्डेसमेतका मेहनतबाट तयार गरिएको भिडियोले अपी क्षेत्रलगायत समग्र नेपालको पर्यटनको क्षेत्रका लागि कोसेढुङ्गाको काम गर्ने विश्वास व्यक्त गरिएको छ । 


“संसारभर नै पछिल्ल्लो समय युवाको रोजाइमा एडभेन्चर, ट्रेकिङ एवम् ट्राभलिङसम्बन्धी चलचित्र एवम् कार्यकम पर्ने गरेकामा सो म्युजिकल फिल्मले नेपालको आन्तरिक एवम् बाह्य पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्नेछ”, निर्देशक भट्टले भने । म्युजिक नेपालको युट्युब च्यानलमार्फत सार्वजनिक सो भिडियो मोबाइल एप र मोमो एपमा समेत उपलब्ध छ । भट्टको आफ्नै शब्द, सङ्गीत र मानश्वी मालाकारको एरेन्ज रहेको गीतमा उनको र ममता गुरुङको स्वर छ ।

चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ।   उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो।   अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...

थप पढ्नुहोस्

पोखरा:    बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ ।   पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...

थप पढ्नुहोस्

पोखरा:   सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ ।    नेपाल फोटो पत्र...

थप पढ्नुहोस्