गण्डकीमा ह्वात्तै बढ्यो ‘सवारी कर’ (कुन सवारीको कति?)

हरेक ६ महिनामा जाँचपास गर्नुपर्ने

कास्की | असार ८, २०७९

गण्डकीमा ह्वात्तै बढ्यो ‘सवारी कर’ (कुन सवारीको कति?)

पोखरा:  गण्डकी प्रदेश सरकारले सवारी साधनको करमा चरम वृद्धि गरेको छ । आगामी वर्षदेखि लागू हुनेगरी सवारी साधनको वर्गिकरण गर्दै सिसी अनुसार कर वृद्धि गरेको हो ।
 

दुइपांग्रे सवारीलाई यसअघि ४ तहमा विभाजन गरेपनि आगामी वर्षदेखि ६ तह (१२५, १२५–१५०, १५०–२२५, २२५–४००, ४००–६५० र ६५० सिसी भन्दा माथि क्षमता अनुसार वर्गिकरण गरि कर संकलन गरिनेछ । 

 

कुन सवारीको कति? 

 

दुई पाङ्ग्रे सवारी तर्फ १२५ सिसी क्षमताका सवारीले ३ हजार कर तिर्नुपर्ने बताइएको छ र १२५ देखि १५० सम्म ५ हजार, त्यसैगरि २२५ सम्म ६ हजार ५ सय, ४ सय सिसीसम्म को मोटरसाइकलले ११ हजार, ६५० सिसीसम्मको साधनले २० हजार र त्यसमाथिका सवारीलाई ३० हजार कर तोकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय गण्डकी प्रदेशले जनाएको छ । 

 

यसैगरि चार पाङ्ग्रे सवारी साधनमा १० हजार रुपैयाँले कर वृद्धि गरेको छ । १ हजार सिसीसम्म क्षमताका निजी सवारी साधन कार, जीप, भ्यान, माइक्रोबसले वार्षिक रुपमा २२ हजार बुझाउनु पर्नेछ । 

 

२५ सय देखि २९ सय सिसी क्षमताका सवारीले ४० हजार तिर्दै आएका छन् भने आगामी वर्षदेखि ५० हजार तिर्नुपर्ने बताइएको छ । भने ३५ सय सिसीसम्मका सवारीले आउँदो वर्ष ६५ हजार राजस्व तिर्नुपर्नेे छ ।
यसैगरि टिप्परले अब ४२ हजार कर तिर्नुपर्छ भने डोजर, एक्साभेटर, लोडर, क्रेन, मिनिटिप्परको कर ४० हजार नै यथावत राखिएको छ ।

 

कृषि क्षेत्रमा प्रयोग हुने ट्रयाक्टर, पावर टेलरलाई १ हजार ३ सय देखि ३ हजारसम्म कर बढाइएको बताइएको छ । ट्रयाक्टरको कर ४ हजारबाट ७ हजार पुग्दा पावरटेलरको ३ हजार २ सय बाट ४ हजार ५ सय पुगेको छ ।

 

यातायात व्यवस्था कार्यलय गण्डकीका अनुसार मिनिट्रक–मिनिबसको कर २७ हजार कायम गरिएको छ । भने ट्रक र बसले ३५ हजार तिर्नुपर्ने छ ।

 

हरेक ६ महिनामा सवारी जाँचपास 

 

गण्डकी प्रदेश सरकारले आगामी वर्षदेखि अर्धवार्षिक रूपमा सवारीको जाँचपास गर्नुपर्ने प्रावधान अगाडी सारेको छ ।  निजि तथा सार्वजनिक सवारी साधनले जाँचपाससँगै नवीकरण समेत गर्नुपर्ने बताइएको छ । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्