ओखलढुङ्गाको मानेभञ्ज्याङमा आगलागी
एक जनाको ज्यान गयो, एक जना घाइते
ओखलढुंगा | कात्तिक १४, २०८०
ओखलढुङ्गाको मानेभञ्ज्याङमा भएको आगलागीमा परेर एक जनाको ज्यान गएको छ । अर्का एक जना घाइते भएका छन् ।
हिजो बेलुका ५ बजेतिर लागेको आगलागीमा परेर मानेभञ्ज्याङ गाउँपालिका वडा नम्बर ७ हर्कपुरकी ३९ वर्षीया कमला दाहाल गौतमको ज्यान गएको प्रहरीले जनाएको छ । उहाँको शव परीक्षणको लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।
प्रहरीका अनुसार आगो निभाउने क्रममा कमलाकी देउरानी २७ वर्षीया जानुका गौतम घाइते हुनुभएको र उहाँको उदयपुरमा रहेको जनसेवा हेल्थ केयर घुर्मीमा उपचार भइरहेको छ । पेट्रोलियम पदार्थ प्रयोग गरी आगो बाल्दा दुर्घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।
पाेखरा : नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ । तस्बिरहरू:- ...
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...

