टी-२० विश्वकप छनोट: ओमानको लगातार दोस्रो जित
काठमाडाैं | कात्तिक १४, २०८०

काठमाडौं: आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा ओमानले लगातार दोस्रो खेलमा जित निकाल्दै सेमिफाइनल सम्भावना बलियो बनाएको छ।
समूह ‘ए’ मा ओमानले कीर्तिपुर मैदानमा मंगलबार सिंगापुरमाथि २२ रनको जित निकाल्यो। यसअघि ओमानले सोमबार मलेसियालाई ३२ रनले पराजित गरेको थियो।
अब ओमानले बिहीबार आयोजक नेपालसँग खेल्नेछ। त्यसअघि नेपालले आज मलेसियासँग खेल्दैछ। नेपालले मलेसियालाई पराजित गरे ओमान र नेपाल समूह ‘ए’ बाट अन्तिम चारमा पुग्नेछन्। बिहीबार हुने नेपाल र ओमानबीच हुने खेलले समूह विजेताको टुंगो लगाउनेछ।
कीर्तिपुर मैदानमा मंगलबार पहिले ब्याटिङ गरेको ओमानले ६ विकेटको क्षतिमा १७४ रन जोड्यो। उसका लागि अकिब इल्यासले ६३ रन र प्रतिक अथाभालेले ४२ रन जोडे।
१७५ रनको लक्ष्य पछ्याएको सिंगापुरले २० ओभरमा ८ विकेटको क्षतिमा १५२ रन जोड्यो। उसका लागि सुरेन्द्रन चन्द्रमोहनले ४१ रन र मनप्रति सिंहले ३१ रन जोड्यो।
काठमाडौं: त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बुधबार मध्यान्ह १२ बजेसम्म उडान नहुने भएको छ । जेनजी प्रदर्शनका कारण मङ्गलबार दिउँसो २ः३० बजेदेखि बुधबार राति १ बजेसम्म विमानस्थल बन्द गरिएको थियो । आ...
काठमाडौं: नेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ । सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य ...
काठमाडौं: नेपाली सेनाले जेनजी पुस्तालाई राष्ट्रिय एकतालाई कायम राख्दै संयमता अपनाउन आग्रह गरेको छ। जेनजीको आन्दोलनपछिको विकसित अवस्थालाई मध्यनजर गर्दै सेनाले यस्तो बताएको हो। सेनाको विज्ञप्तिमा भनिए...