माध्यमिक तहको शिक्षकको नतिजा सार्वजनिक, ७१८ जना स्थायी नियुक्तिका लागि सिफारिस
काठमाडाैं | कात्तिक १४, २०८०

शिक्षक सेवा आयोगले माध्यामिक तहमा ७१८ शिक्षक सिफारिस गरेको छ ।
आयोगले माध्यमिक तृतीय श्रेणी पदको खुला प्रतियोगितात्मक परीक्षाको लिखित परीक्षा र अन्तर्वार्ताबाट छनौट भएका शिक्षकलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।
आयोगले अन्तर्वार्ता परीक्षा उतीर्ण गरेका उम्मेदवारहरुको नाम स्थायी नियुक्तिका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सिफारिस गरेर पठाएको जनाएको छ ।
आयोगले मावि तहको शिक्षक पदको लागि २५ पुस २०७९ सालमा विज्ञापन खुलाएको थियो । विज्ञापन अनुसार १८ चैत २०७९ सालमा सामान्य परीक्षा र ९ असार २०८० मा विषयगत परीक्षामा सफल उम्मेदवारको गत असोजमा अन्र्तवार्ता सञ्चालन गरेको थियो ।
झापा: काठमाडौं उपत्यकामा रगतको चरम अभाव भएपछि नेपाल रेडक्रस सोसाइटी झापा शाखाले ७१ पाउण्ड रगत काठमाडौं पठाएको छ । नेपाल रेडक्रस सोसाइटी झापा शाखा सभापति लोकराज ढकालका अनुसार बुद्ध एयरको आज बि...
पोखरा: जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको सहिदचोक र गण्डकी प्रदेशसभा आसपास क्षेत्रमा कर्फ्यू लगाएको छ । प्रशासनले आज बिहान ८ बजेदेखि लागूहुने गरी कर्फ्यू लगाएको हो । शहिदचोकको पूर्वतर्फ वाइचोक, प...
काठमाडौं: हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर रहेको छ । साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाक...