राज्यमन्त्री चढ्ने गाडीको ठक्करबाट तीन जना घाइते
काठमाडाैं | कात्तिक १५, २०८०
मधेस प्रदेशका ऊर्जा, सिँचाइ तथा खानेपानी राज्यमन्त्री शेख अबुल कलाम आजाद चढ्ने गाडीको ठक्करबाट तीन जना घाइते भएका छन्।
सर्लाहीको बरहथवा नगरपालिका वडा नम्बर ९ मुक्तेश्वर चोकमा राज्यमन्त्री चढ्ने मधेस प्रदेश ०२–००१ झ ०२४० नम्बरको गाडीले बा ४३ प १२६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जना घाइते भएका हुन्।
मंगलबार बेलुकी करिब ७ बजेतिर गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो। गाडीको ठक्करबाट बरहथवा नगरपालिका ५ का १८ वर्षीय सुमन महतो, चन्द्रनगर गाउँपालिका ५ मोहनपुरका १८ वर्षीय दीपक महतो र बागमती नगरपालिका १० शंकरपुर का १९ वर्षीय अजय महतो घाइते रहेको प्रहरीले जनाएको छ।
तीनै जना घाइतेको वीरगञ्जस्थित अस्पतालमा उपचार भइरहेको छ। घाइतेमध्ये अजयको अवस्था चिन्ताजनक छ।
दुर्घटनालगत्तै गाडी चालक फरार भएका थिए। चालकको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपेन्द्र पंजियारले बताए। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

