दीक्षान्त समारोहको आयव्यय सार्वजनिक, ३७ लाख खर्च
काठमाडाैं | असार ९, २०७९
काठमाण्डौँ : मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दोस्रो दीक्षान्त समारोहको आयव्यय सार्वजनिक गरेको छ । गत वैशाख ६ गते सम्पन्न दीक्षान्त समारोहमा रु ३७ लाख खर्च भएको विश्वविद्यालयले जनाएको छ ।
विश्वविद्यालयका डीन एवं दीक्षान्त समारोह प्रचारप्रसार समितिका संयोजक डा लिलाधर तिवारीका अनुसार अथिति सत्कार र यातायाततर्फ रु १३ लाख ७४ हजार खर्च भएको छ । कार्यक्रम सञ्चालन तथा स्थल व्यवस्थापनतर्फ रु पाँच लाख ७० हजार खर्च भएको तिवारीले जानकारी दिनुभयो ।
यस वर्ष २९ जनालाई विभिन्न पदक प्रदान गरिएको थियो । समारोहमा ५१९ विद्यार्थी दीक्षित भएका थिए । दीक्षान्त समारोहमा शिक्षामन्त्री एवं विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेल, नोबेल शान्ति पुरस्कार विजेता कैलाश शत्यार्थीलगायत सहभागी हुनुहुन्थ्यो । यसअघि विश्वविद्यालयको दीक्षान्त समारोह २०७४ असार १९ गते आयोजना गरिएको थियो ।
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आय...
पोखरा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...
काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का वरिष्ठ नेता बालेन शाहको डेरा कोठामा चोरी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ १६ बालाजु हाईट घर भई...

