सरकारले क्रिकेट खेलाडीको १ करोड ५७ लाख रुपैयाँ पठायो

काठमाडाैं | कात्तिक १७, २०८०

सरकारले क्रिकेट खेलाडीको १ करोड ५७ लाख रुपैयाँ पठायो तस्बिर फाइल

काठमाडौं:    नेपाल सरकारले विभिन्न समयमा भएका नेपाली क्रिकेट टोलीले जित्दा घोषणा गरेको पुरस्कार निकासा गरेको छ । तीन प्रतियोगिताको पूर्व घोषित १ करोड ५७ लाख ५० हजार नगद पुरस्कार निकासा भएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङले जानकारी दिएका छन् ।


गत बैशाख ५ देखि १८ गतेसम्म भएको एसीसी पुरुष प्रिमियर कपका लागि ७९ लाख, २०७९ साल फागुन १२ देखि १८ गतेसम्म भएको आईसीसी यु–१९ पुरुष विश्वकप एसिया क्षेत्र छनोटको उपाधि, एसिया क्लालिफायरका लागि ४६ लाख र आईसीसी विश्वकप लिग– २ का लागि ३२ लाख ५० हजार नगद पुरस्कार निकासा भएको हो ।


सदस्य–सचिव घिसिङले पुरस्कार पाउने खेलाडीलगायतलाई बधाइ दिएका छन् । घिसिङले शुक्रबार माथिल्लो मुलपानी क्रिकेट मैदानमा भएको आइसिसी टि२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा युएईलाई ८ विकेटले हराउदै अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपका स्थान बनाउने नेपाली टोलीलाई बधाइ दिएका छन् ।

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहप्रति सम्मान व्यक्त गर्नुभएको छ ।  सिंहदरबारको पश्चिमद्वार नजिक रहेको राष्ट्र निर्माताको सालिकमा पुष्पहार अर्पण गरी उहाँको योगदा...

थप पढ्नुहोस्

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...

थप पढ्नुहोस्

पोखरा:  १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ ।  महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्...

थप पढ्नुहोस्