१४ तस्बिरमा घुम्नुहोस् ‘अन्नपूर्ण आधार शिविर’
पाेखरा | कात्तिक १८, २०८०

कास्की: ट्रेक गर्न मन पराउने विरलै व्यक्तिहरु अन्नपूर्ण आधार शिविर (एबिसी) पुगेको हुनुपर्छ । किनभने यो विश्वकै लोकप्रिय पदमार्ग अन्तरगत पर्छ ।
त्यसैले राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस पनि नेपाल भ्रमणको क्रममा एबिसी पुगे ।
उनले उक्त स्थानको अवलोकनपछि प्रकृतिविरुद्वको लडाई रोक्न विश्वलाई सन्देश दिने बताएका थिए ।
पछिल्लो समय जलवायु परिवर्तनकै कारण एबिसीको बस्ती उच्च जोखिममा रहेको छ । त्यसैले यस्तो हिश्रृङ्खला तथा हिमालयहरुको संरक्षणमा गुटेरेसले चाँसो देखाएका थिए ।
कास्कीमा करिब आधा दर्जन नाम चलेका पदमार्गहरु छन् । मर्दी पदमार्ग, कोरी पदमार्ग, खुमै पदमार्ग, तथा हिडनलेक पदमार्ग पनि गण्डकीको राजधानी कास्की मै पर्छ ।
एबिसी पदमार्गको दुरी लामो भएकाले अन्य पदमार्गको तुलनमा बढी खर्चिलो मानिन्छ ।
पैदलयात्रीका लागि कम्तिमा ५ देखि ७ दिनसम्म (एक हप्ता) समय लाग्छ ।
पोखरादेखि विरेठाटी हुदैँ झिनुसम्म सवारी साधनमा पुग्न सकिन्छ त्यसपछि पैदलयात्रा सुरु हुन्छ । पहिलो दिनको बसाई छोम्रोङमा हुन्छ । जहाँ १८ वटा होटलको व्यवस्था छ ।
यस्तै सिनुहामा १०, व्याम्बुमा ६, दोभानमा ४, हिमालयमा ३, देउरालीमा ५, एमबीसीमा ६ र एबिसीमा ६ वटा होटलहरु रहेका छन् ।
तस्बिर: पुकार पुर्जा
हेटौँडा: पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चार्जिङ प्वाइन्ट नजिकै ट्रक दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । घटनामा सहचालक घाइते भएका छन् । भारतको ...
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले अतिकम विकसित देशहरूले अनुदान र सहुलियतपूर्ण वित्तीय सहयोग निष्पक्ष शर्तहरूमा चाहेका बताउनुभएको छ । स्पेनको सेभियामा आयोजित विकासका लागि वित्तसम्बन्धी चौथो अन्त...
काठमाडौं: नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर ...