माओवादी केन्द्रले स्थगित गर्यो मंसिर २२ को काठमाडौं केन्द्रित जनप्रदर्शन
काठमाडाैं | कात्तिक २०, २०८०

नेकपा (माओवादी केन्द्र)ले मंसिर २२ गते काठमाडौंमा गर्ने भनेको जनप्रदर्शन स्थगित गरेको छ।
जाजरकोटको रामीडाँडा केन्द्र गरी ६।४ म्याग्नेच्युडको भूकम्प गएकाले अहिलेको परिस्थितिलाई मध्यनजर राख्दै मंसिर २२ को जनप्रदर्शन स्थगित गर्ने निर्णय गरिएको माओवादी केन्द्रका महासचिव देव गुरूङले बताए।
‘मंसिर २२ को काठमाडौंको जनपरिचालनमात्र स्थगित गरिएको छ। स्थानीय पालिका र वडास्तरका जनपरिचालन भने यथावत् छन्,’ महासचिव गुरूङले भने। माओवादी केन्द्रले बागमती प्रदेश, जवससम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा काठमाडौं केन्द्रित जनप्रर्दशन गर्ने सर्कुलर गरेको थियो।
‘अभियानकै क्रममा पार्टीको बागमती प्रदेश, जनवर्गीय संगठनसम्बद्ध उपत्यका विशेष प्रदेश र उपत्यका सम्पर्क समन्वय प्रदेशको संयुक्त आयोजनामा यही मंसिर २२ गते काठमाडौंमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा तथा सुदृढिकरण, राष्ट्रिय स्वाधीनताको रक्षा र प्रतिगमनको विरोध आदि विषयलाई लिएर जनप्रदर्शन गर्न र गराउन पहल गर्ने निश्चित गरिएको छ,’ सर्कुलरमा भनिएको थियो।
पोखरा: इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर ...
कञ्चनपुर: गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्...
कैलाली: गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् । मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, प...