रुपन्देही–३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
काठमाडाैं | असार १६, २०८२
काठमाडौं: रुपन्देही– ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार रिक्त स्थानमा कात्तिक १७ गते उपनिर्वाचन गर्न लागिएको छ ।
राप्रपाबाट निर्वाचित सांसद दीपक बोहोराका निधनपछि उक्त निर्वाचन क्षेत्र खाली रहेको छ । निर्वाचन आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो ।
२०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित बोहोराको चैत १९ मा काठमाडौंमा निधन भएपछि सो पद रिक्त छ ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिएको जानकारीअनुसार कात्तिक १७ गते सोमबारका लागि उपनिर्वाचनको मिति तय भएको छ ।
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

