पर्यटकलाई सुस्केरा हाल्दैछ ‘मुल्डे’ (तस्बिरहरु)

पाेखरा | कात्तिक २०, २०८०

पर्यटकलाई सुस्केरा हाल्दैछ ‘मुल्डे’ (तस्बिरहरु)

पोखरा:  बडा दशैं सकियो । अब तिहारको रमझम आउँदै छ । प्राय शैक्षिक संस्थाहरु अहिले बन्द नै छन् ।

 

एक महिनाको बिदामा कलेज पढ्ने विद्यार्थीहरु नयाँ नयाँ गन्तव्यको स्वाद फेर्न निस्किरहेका छन् ।
 

खासगरी पछिल्लो समय शाहसिक पदयात्रामा रम्ने संस्कार बढेको छ । बाह्य पर्यटकको तुलनामा अहिले आन्तरिक पर्यटकलाई ट्रेकिङमा देख्न पाइन्छ ।

 

पोखरा घुम्न आउनेहरु अचेल एक रात बिताउन घान्दु्रक, सिक्लेस, ल्वाङघलेल जस्ता पर्यटकीय गाउँमा उक्लिन्छन् । तर साँच्चिकै पदयात्रामा रम्ने हो भने उनीहरु उल्लेखित गाउँबाट केही माथि ठडिनु पर्छ । 

 

 

त्यसका लागि सिकलेसबाट कपुचे, ल्वाङघलेलबाट मर्दी र घान्दु्रकबाट टाडापानी–इसरू हुँदै  कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा मुल्डे पुग्न सकिन्छ । जहाँ ३ वटा हाेटलकाे व्यवस्था छ । साे ठाउँ समुन्द्र सतहबाट ३ हजार ६ सय ३७ मिटरमा रहेको छ । 

 

घान्द्रुकहुँदै पुनहिल–घोरेपानी जोड्ने रुटमा पर्ने मुल्डे दोबाटोबाट २० मिनेटमा पुग्न सकिन्छ । पयटकीय स्थल मुल्डेमा भ्यू पार्कसँगै चौरी गोठहरु रहेका छन् । मौसम अनुसार त्यहाँ चौरी, बनैभरी लालाीगुँरासहरू पनि देख्न सकिन्छ । 
 

घान्द्रुकबाट एकै दिनमा पुग्न सकिने भएपनि एक रात टाडापानीमा बस्न उचित मानिन्छ । अर्काे दिन इसरु हुँदै दोबाटो पुगिन्छ ।

 

जहाँबाट २० मिनेटको दुरीमा रहेको मुल्डे भ्यू पार्कबाट अन्नपूर्ण साउथ, हिमचुली, माछापुच्छ्रे, मर्दी हिमाल, बौद्ध हिमाल, गणेश हिमाल, गन्दर्भचुली, मुस्ताङको निलगिरी, टुकुचे पिक, धवलागिरी, म्याग्दीको गुर्जा हिमाल लगायतका हिमशृङ्खला देख्न सकिन्छ  । 

 

मुल्डे भ्यूपार्कका संयोजक तथा होटल व्यवसायी राजमानगुरुङका अनुसार मुल्डेबाट रुकुम रोल्पा, बागलुङ, मुस्ताङ, लमजुङ, बुटवल,स्याङ्जा, नवलपुर,चितवन, काठमाडौं लगायतको भू–भाग देख्न सकिन्छ भने कास्कीको विभिन्न पर्यटकीय स्थल फेवाताल, धम्पुस लगायतका स्थानपनि मुल्डेबाट अवलोकन गर्न सकिन्छ ।

 

सुनगाभा न्यूजको लेन्सबाट हेर्नुहोस्, मनमोहक मुल्डे:-

तस्बिर: अमृत लामा गुरुङ

 

 

 

 

 

 

 

 

 

 


 

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आसन्न ११ औँ राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने भएको छ ।  एमाले उपमहासचिव प्रदीप ज्ञवालीले नेतृत्व चयन प्रक्रिया...

थप पढ्नुहोस्

गण्डकी:  ण्डकी प्रदेशको राजधानी पोखरा प्राकृतिक सुन्दरताका साथै ऐतिहासिक सम्पदाका कारण विश्वमाझ परिचित छ । पोखरा मात्र नभई समग्र गण्डकी प्रदेशले प्रकृति, संस्कृति र साहसिक पर्यटनका कारण अन्तरराष्ट्रिय रूपमा चर्...

थप पढ्नुहोस्

तनहुँ:  मुग्लिन–पोखरा खण्डअन्तर्गत तनहुँको व्यास नगरपालिका–३ दुर्गा मन्दिर नजिक भासिएको सडक चार महिनापछि मर्मत गर्न थालिएको छ ।  दुई लेनमा रहेको उक्त सडक अस्थायी संरचना बनाएर चार ले...

थप पढ्नुहोस्