पर्यटकलाई सुस्केरा हाल्दैछ ‘मुल्डे’ (तस्बिरहरु)
पाेखरा | कात्तिक २०, २०८०
पोखरा: बडा दशैं सकियो । अब तिहारको रमझम आउँदै छ । प्राय शैक्षिक संस्थाहरु अहिले बन्द नै छन् ।
एक महिनाको बिदामा कलेज पढ्ने विद्यार्थीहरु नयाँ नयाँ गन्तव्यको स्वाद फेर्न निस्किरहेका छन् ।
खासगरी पछिल्लो समय शाहसिक पदयात्रामा रम्ने संस्कार बढेको छ । बाह्य पर्यटकको तुलनामा अहिले आन्तरिक पर्यटकलाई ट्रेकिङमा देख्न पाइन्छ ।
पोखरा घुम्न आउनेहरु अचेल एक रात बिताउन घान्दु्रक, सिक्लेस, ल्वाङघलेल जस्ता पर्यटकीय गाउँमा उक्लिन्छन् । तर साँच्चिकै पदयात्रामा रम्ने हो भने उनीहरु उल्लेखित गाउँबाट केही माथि ठडिनु पर्छ ।

त्यसका लागि सिकलेसबाट कपुचे, ल्वाङघलेलबाट मर्दी र घान्दु्रकबाट टाडापानी–इसरू हुँदै कास्कीको अन्नपूर्ण गाउँपालिका ११ मा मुल्डे पुग्न सकिन्छ । जहाँ ३ वटा हाेटलकाे व्यवस्था छ । साे ठाउँ समुन्द्र सतहबाट ३ हजार ६ सय ३७ मिटरमा रहेको छ ।
घान्द्रुकहुँदै पुनहिल–घोरेपानी जोड्ने रुटमा पर्ने मुल्डे दोबाटोबाट २० मिनेटमा पुग्न सकिन्छ । पयटकीय स्थल मुल्डेमा भ्यू पार्कसँगै चौरी गोठहरु रहेका छन् । मौसम अनुसार त्यहाँ चौरी, बनैभरी लालाीगुँरासहरू पनि देख्न सकिन्छ ।
घान्द्रुकबाट एकै दिनमा पुग्न सकिने भएपनि एक रात टाडापानीमा बस्न उचित मानिन्छ । अर्काे दिन इसरु हुँदै दोबाटो पुगिन्छ ।
जहाँबाट २० मिनेटको दुरीमा रहेको मुल्डे भ्यू पार्कबाट अन्नपूर्ण साउथ, हिमचुली, माछापुच्छ्रे, मर्दी हिमाल, बौद्ध हिमाल, गणेश हिमाल, गन्दर्भचुली, मुस्ताङको निलगिरी, टुकुचे पिक, धवलागिरी, म्याग्दीको गुर्जा हिमाल लगायतका हिमशृङ्खला देख्न सकिन्छ ।
मुल्डे भ्यूपार्कका संयोजक तथा होटल व्यवसायी राजमानगुरुङका अनुसार मुल्डेबाट रुकुम रोल्पा, बागलुङ, मुस्ताङ, लमजुङ, बुटवल,स्याङ्जा, नवलपुर,चितवन, काठमाडौं लगायतको भू–भाग देख्न सकिन्छ भने कास्कीको विभिन्न पर्यटकीय स्थल फेवाताल, धम्पुस लगायतका स्थानपनि मुल्डेबाट अवलोकन गर्न सकिन्छ ।
सुनगाभा न्यूजको लेन्सबाट हेर्नुहोस्, मनमोहक मुल्डे:-
तस्बिर: अमृत लामा गुरुङ










नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

