कारागार संवेदनशील क्षेत्र भएकाले लाइन जोडिइयो: प्राधिकरण
पाेखरा | कात्तिक २०, २०८०
पोखरा: नेपाल विद्युत प्राधिकरण पोखरा वितरण केन्द्रले विद्युतको बक्यौता रकम भुक्तानी नगर्ने ग्राहकको लाईन काटिरहेको छ ।
पोखरा वितरण केन्द्रले कात्तिक १९ गतेसम्म १ हजार २ सय ६२ जना ग्राहकहरुको लाईन काटिएको छ ।
कास्की कारागार र गण्डकी प्रदेश भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय पनि उक्त लाईन काटिनेको सूचीकृत पर्याे ।
तर संवेदनशीलताका आधारमा र भुक्तानको प्रक्रिया अघि बढाएको प्रतिवद्धता जनाएपछि लाइन जोडिदिएको मालेपाटन शाखाका प्रमुख प्रशासकीय अधिकृत तथा सूचना अधिकारी प्रदिप कुमार भुवाजीले बताए ।
‘यस वितरण केन्द्रबाट सरकारी र व्यक्ति (ग्राहक) सबैले महसुल नतिरे लाइन काट्न सक्छौं’, भुवाजीले सुनगाभा न्यूजसँग भने, ‘बक्यौता रकम नतिरेपछि हिजो कास्की कारागार र भौतिक मन्त्रालयको लाईन काटेका हौं, तर प्रमुख जिल्ला अधिकारीसँगै कारागार प्रतिनिधि आएर सुरक्षा संयन्त्रसँगको कुरा भएपछि संवेदनशीलतालाई मध्यनजर गरेर लाइन जोडिदिएका हौं ।’
उनले कास्की कारागारको २० लाख रुपैयाँ बक्यौता रकम रहेको जानकारी दिए ।
प्राधिकरणले हालसम्म लाइन काटेर बक्यौता रहेको रु १ करोड ३४ लाख ४३ हजार ८ सय असुल गरेको छ । कारागारको विषयमा टुंगो लागेपनि भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको भने लाइन जोडिएको छैन ।
अधिकारी भुवाजुले भौतिक पूर्वाधारको तर्फबाट प्राधिकरणसँग कुनै समन्वय र केही पनि छलफल नभएको बताए ।
उनका अनुसार भौतिक मन्त्रालयले २७ हजार ६४ रुपैयाँ महसुल तिर्न बाँकी छ ।
पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ । पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...
बन्दीपुर । पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ । गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...
पोखरा — नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

