मध्यअसारमा ४५ सय रोपनी खेत बाँझै, पोखरा महानगरको दैलोमा आक्रोशित किसान

काठमाडाैं | असार ९, २०७९

मध्यअसारमा ४५ सय रोपनी खेत बाँझै, पोखरा महानगरको दैलोमा आक्रोशित किसान


पोखराः पोखरा महानगरपालिका वडा ३२ का किसान पोहोर साल यतिबेला असारको आधाआधीमा धान रोप्ने चटारो भ्याउन खेतमै व्यस्त हुन्थे । उनीहरुकालागि धान रोप्नु भनेको वर्षभरि खानमात्र हैन त्यसैको कमाइबाट घरखर्च जोहो गर्नु पनि हो । 

 

तर यसपटक असार दोस्रो हप्तामा प्रवेश गरिसक्दा आज किसानहरु बेलैमा खाना खाइवरी खेततर्फ हैन महानगरपालिकाको कार्यालयमा नाराबाजी गर्न आइपुगेका छन् । ‘किसानमारा महानगर, मुर्दावाद’ को नारा लगाउँदै उमेरले प्रायः ४० कटेको समूह महानगरको दैलोमै आक्रोशित मुद्रामा भेटिएका छन् । 

 

‘ब्याडमा बिउँसमेत राख्न पाइएन’ चिच्याउँदा अनुहारमा झरेको पसिना पुछ्दै एक किसान भन्छन् ‘नगरपालिका हामीलाई भोकै मार्न खोज्दैछ ।’ उमेरले ६ दशकको हाराहारीका उनको आक्रोश महानगरपालिकाको लापरवाहीप्रति छ । 
 

किसानहरु हुलै बाँधेर महानगरपालिकामा आउनुको पछाडि यस्तो कारण छः गत साल भदौको बाढीले लेखनाथ ३२ स्थित मालमुल, सातमुहाने, खोलाको छेउ, राजाको चौतारो क्षेत्रलाई सिञ्चित गर्ने बेगनास सिंचाईको मूल नहरमा क्षति पु¥यायो । 

 

नहर भत्किएको ११ महिनासम्म कुनैपनि निकायले मर्मतसम्भारमा चासो देखाएनन् । स्थानीयवासीले सम्बन्धित निकायसमक्ष सकेको गुहारेपछि एक महिनाअघि अस्थायीरुपमा भएपनि नहर मर्मत गरी सिँचाईको प्रबन्ध मिलाउने काम सुरु भयो । 

 

डोजरलगायतका सामग्रीमार्फत काम सुरु भइरहेकोबेला ३ दिनअघि डोजरको चाबी थुतेर निर्माण र मर्मतमा अवरोध गरियो । अवरोध भएपछि काम अघि बढेन । जसको असर करिब ४५ सय रोपनी धानखेत बाँझै हुने अवस्था आयो । डोजरका चाबी कसले लिएर गयो, काम किन रोकियो भन्नेमा स्थानीयवासी अनविज्ञ छन् वा उनीहरु बताउँन चाहँदैनन् । 

 

महानगरपालिका र सिँचाई आयोजनाको सम्झौता अनुसार यही असारको २९ गतेसम्म नहर सुचारु गरेर बुझाउनुपर्ने हो । तर बीचैमो अवरोध भएपछि निराश बनेका किसानहरु महानगर घेराउ गर्न आइपुगेका हुन् । 

 

उनीहरुले वडा नं ३२ को कार्यालयमा तालाबन्दी गरी पोखरा महानगपालिकाको कार्यालयमा आएका हुन् । अहिले किसानहरुको प्रतिनिधि मेयर धनराज आचार्यसमक्ष आफ्नो समस्या सुनाउन महानगर परिसरमा पर्खिरहेका छन् । 

कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

थप पढ्नुहोस्

भेनेजुएलामा भूकम्पमा परी मृत्यु हुनेको संख्या ९२० पुगेको छ।   गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडको शक्तिशाली भूकम्प जाँदा मृत्यु हुनेको संख्या शनिबारसम्म ९२० पुगेको अन्तर्राष्ट्रिय समाचार संस्था एसो...

थप पढ्नुहोस्

काठमाडौँ ।  नेपाल सरकारले साउदी अरबले कार्यान्वयन गर्न लागेको नेपाली श्रमिकको सीप प्रमाणीकरण (एसभीएफ) प्रक्रियालाई तत्काल स्थगन गर्न साउदी सरकारसँग आग्रह गरेको छ।   उक्त प्रक्रियाका कारण नेप...

थप पढ्नुहोस्