मध्यअसारमा ४५ सय रोपनी खेत बाँझै, पोखरा महानगरको दैलोमा आक्रोशित किसान
काठमाडाैं | असार ९, २०७९

पोखराः पोखरा महानगरपालिका वडा ३२ का किसान पोहोर साल यतिबेला असारको आधाआधीमा धान रोप्ने चटारो भ्याउन खेतमै व्यस्त हुन्थे । उनीहरुकालागि धान रोप्नु भनेको वर्षभरि खानमात्र हैन त्यसैको कमाइबाट घरखर्च जोहो गर्नु पनि हो ।
तर यसपटक असार दोस्रो हप्तामा प्रवेश गरिसक्दा आज किसानहरु बेलैमा खाना खाइवरी खेततर्फ हैन महानगरपालिकाको कार्यालयमा नाराबाजी गर्न आइपुगेका छन् । ‘किसानमारा महानगर, मुर्दावाद’ को नारा लगाउँदै उमेरले प्रायः ४० कटेको समूह महानगरको दैलोमै आक्रोशित मुद्रामा भेटिएका छन् ।
‘ब्याडमा बिउँसमेत राख्न पाइएन’ चिच्याउँदा अनुहारमा झरेको पसिना पुछ्दै एक किसान भन्छन् ‘नगरपालिका हामीलाई भोकै मार्न खोज्दैछ ।’ उमेरले ६ दशकको हाराहारीका उनको आक्रोश महानगरपालिकाको लापरवाहीप्रति छ ।
किसानहरु हुलै बाँधेर महानगरपालिकामा आउनुको पछाडि यस्तो कारण छः गत साल भदौको बाढीले लेखनाथ ३२ स्थित मालमुल, सातमुहाने, खोलाको छेउ, राजाको चौतारो क्षेत्रलाई सिञ्चित गर्ने बेगनास सिंचाईको मूल नहरमा क्षति पु¥यायो ।
नहर भत्किएको ११ महिनासम्म कुनैपनि निकायले मर्मतसम्भारमा चासो देखाएनन् । स्थानीयवासीले सम्बन्धित निकायसमक्ष सकेको गुहारेपछि एक महिनाअघि अस्थायीरुपमा भएपनि नहर मर्मत गरी सिँचाईको प्रबन्ध मिलाउने काम सुरु भयो ।
डोजरलगायतका सामग्रीमार्फत काम सुरु भइरहेकोबेला ३ दिनअघि डोजरको चाबी थुतेर निर्माण र मर्मतमा अवरोध गरियो । अवरोध भएपछि काम अघि बढेन । जसको असर करिब ४५ सय रोपनी धानखेत बाँझै हुने अवस्था आयो । डोजरका चाबी कसले लिएर गयो, काम किन रोकियो भन्नेमा स्थानीयवासी अनविज्ञ छन् वा उनीहरु बताउँन चाहँदैनन् ।
महानगरपालिका र सिँचाई आयोजनाको सम्झौता अनुसार यही असारको २९ गतेसम्म नहर सुचारु गरेर बुझाउनुपर्ने हो । तर बीचैमो अवरोध भएपछि निराश बनेका किसानहरु महानगर घेराउ गर्न आइपुगेका हुन् ।
उनीहरुले वडा नं ३२ को कार्यालयमा तालाबन्दी गरी पोखरा महानगपालिकाको कार्यालयमा आएका हुन् । अहिले किसानहरुको प्रतिनिधि मेयर धनराज आचार्यसमक्ष आफ्नो समस्या सुनाउन महानगर परिसरमा पर्खिरहेका छन् ।
काठमाडौं: तुर्कमेनिस्तानको अवाजामा सम्पन्न भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी भइ प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार स्वदेश फर्कँदै हुनुहुन्छ । उहाँ तुर्कमनेबासी अन्त...
गण्डकी: लामो समयदेखि बहसमा रहेको गाँजाखेती र घरेलु मदिरालाई वैधता दिन गण्डकी प्रदेश सरकारले कानुन निर्माणको प्रक्रिया अगाडि बढाएको छ । यसअघि प्रदेश सरकारले आफ्नो वार्षिक नीति तथा कार्यक्रममार्...
पोखरा: होटल संघ नेपाल गण्डकीले होचो उचाइबाट छोटो अवधिमा नै पर्यटकलाई हिमाली क्षेत्रमा पुर्याउने गरी यात्रामा संलग्न नगराउन सरोकारवाला समक्ष अपिल गरेको छ । खासगरी नेपालको सिमावर्ती तराई क्षेत्रबाट ए...