स्थानीयका लागि तिहारको संघारमा कोरला नाका खोल्ने तयारी
मुस्ताङ | कात्तिक २१, २०८०

मुस्ताङ: स्थानीयलाई लक्षित गरी तिहारको छेको पारेर मुस्ताङको कोरला नाका खोल्ने तयारी भएको छ ।
नेपाल– चीन जोड्ने उपल्लो मुस्ताङको कोरला नाका चीन सरकारको आमन्त्रणमा यही कात्तिक २७ गते सीमा खोल्ने तयारी भइरहेको गण्डकी प्रदेशका निवर्तमान सभासदस्य इनद्रधारा विष्टले जानकारी दिए ।
उनका अनुसार चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको नाकाको नोपली समयानुसार बिहानको १० बजे र चिनियाँ समयानुसार दिउसो १ बजे उद्घाटनका निम्ति तयारी भइरहेको छ ।
पर्वको छेको पारेर केही दिन खुल्ने सो नाकामा नेपाल र चीन दुवैतिरका स्थानीय ३० किलोमिटरसम्म आवतजावत र व्यापार व्यावसाय गर्न पाउने एक प्रहरी अधिकृतले बताए ।
‘एक खालको छलफलपछि हामी तयारीमै छौं, मौखिक कुरा भएपनि पत्र नै आएको छैन, ति प्रहरी अधिकृतले भने, ‘भन्सार नै चल्ने गरी खुल्न लागेको होइन । पहिलेजस्तै स्थानीयका लागि पर्वको बेला खोल्ने तयारी हो ।’
सो कार्यक्रममा सहभागिताका लागि लो–घेकर दामोदरकुण्ड गाउँपालिका र लोमान्थाङ गाउँपालिकाका स्थानीय व्यापारी र सर्वसाधारण स्थानीय बासिन्दाहरुलाई आमन्त्रण गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय मुस्ताङले प्रदान गरेको सीमा पास कार्ड र नेपाली नागरिकताको सक्कल प्रमाण पत्र अनिवार्य साथमा लैजानुपर्ने बताइएको छ ।
केही दिनका लागि सो नाका खुल्ने भएपछि लो–घेकर, दामोदरकुण्ड गाउँपालिकाका र लोमन्थाङ गाउँपालिकाकाका स्थानीय तथा मुस्ताङबासीहरु हर्षिद बनेका छन् ।
काठमाडौं: सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले आफ्नो पदबाट राजीनामा दिनुभएको छ । ७८ लाख घुस प्रकरणमा मुछिए पछि उहाँले मंगलबार राजीनामा दिनुभएको हो । केही दिनअघि भूमि ...
पोखरा: गण्डकी प्रदेश भलिबल संघले साउन ४ देखि ८ गतेसम्म हुने राष्ट्रिय आमन्त्रित पुरुष भलिबल प्रतियोगितामा सहभागिता जनाउन सञ्जु विक्रम शाहको कप्तानीमा १२ सदस्यीय टोली घोषणा गरेको छ ।  ...
दाङ: दाङमा पौडी खेल्ने क्रममा डुबेर दुई युवकको ज्यान गएको छ । बबइ गाँउपालिका ५ पुरन्धारा छहरा नजिक बबइ नदीमा पौडीखेल्ने क्रममा सोमबार दिउँसो बेपत्ता भएका दुई युवकको शब फेला परेको जिल्ला प्र...