१ लाख ७९ हजार किलो राहत सामग्री बोकेर आइपुग्यो चिनियाँ सेनाको जहाज

पाेखरा | कात्तिक २२, २०८०

१ लाख ७९ हजार किलो राहत सामग्री बोकेर आइपुग्यो चिनियाँ सेनाको जहाज PHOTO: HUM GURUNG

पोखरा:   भूकम्प पीडितका लागि राहत लिएर आएको चिनियाँ सेनाको जहाज पोखरामा अवतरण भएको छ ।

 

भूकम्प पीडितका लागि समाग्र्री ल्याएको चिनियाँ सेनाका दुई जहाज राहत सामग्रीसहित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिएको हो । 

 

चिनियाँ सेनाको जहाजसँगै कार्गाे विमान पनि विमानस्थलमा अवतरण भएको छ । सो जहाजले १ लाख ७९ हजार किलो राहत सामग्री ल्याएको छ । 

 

चिनियाँ जनमुक्ति सेनाको वाई–२० जहाज (पिएलए एएफ) बिहान छेन्दुबाट पोखरा आएको उडान भरेको थियो । राहत सामग्री पोखरामा झारेपछि नेपाली सेनाको स्काइ ट्रकले यहाँबाट रुकुम पश्चिम र नेपालगन्ज पु¥याउने बताइएको छ ।

 

उक्त राहातका समाग्री गृहमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ राजदूत छेन सोङ्गले बुझेका थिए ।

 

चीनले दुई चरणमा भूकम्प पीडितका लागि राहत घोषणा गरिसकेको छ । यसअघि प्रभावितहरूका लागि १० करोड रुपैयाँको राहत सामग्री दिने घोषणा गरेको चीनले मंगलबार थप २८ करोड बराबरको राहत घोषणा गरेको हो ।


 

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्