मनाङबाट यसपटक ४३ विद्यार्थी एसइईमा सहभागी हुँदै

काठमाडाैं | बैशाख ५, २०७९

मनाङबाट यसपटक ४३ विद्यार्थी एसइईमा सहभागी हुँदै

आउँदो शुक्रबारदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा हिमाल पारीको जिल्ला मनाङबाट ४३ विद्यार्थी परीक्षामा सहभागी हुने भएका छन् ।

परीक्षामा २१ छात्रा र २२ छात्र गरी जिल्लाभरबाट ४३ परीक्षार्थी सहभागी हुन लागेको शिक्षा विकास तथा समन्वय मनाङका एकाइ प्रमुख मतिलाल चपाईले बताउनुभयो । उहाँका अनुसार लोकप्रिय माध्यमिक विद्यालय चामेबाट १४, प्रकाशज्योति मावि थोचेबाट १४, अन्नपूर्ण मावि मनाङबाट चार, भानु मावि तालबाट सात र लोकप्रिय मावि खुलाबाट चार जना परीक्षामा सहभागी हुनेछन् ।

जिल्लाको लोकप्रिय माविमा एउटा परीक्षा केन्द्र रहनेछ । जिल्लामा परीक्षाका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको उहाँले बताउनुभयो । परीक्षा सुरक्षित र मर्यादितरुपमा सम्पन्न गर्न केन्द्रमा सुरक्षाकर्मी र निरीक्षक राखिएको बताइएको छ । शैक्षिकसत्र २०७७ र २०७६ मा कोरोना महामारीका कारण विद्यालयले गरेको आन्तरिक मूल्याङ्कनकै आधारमा राष्ट्रिय परीक्षा बोर्डले एसइईको नतिजा सार्वजनिक गरेको थियो ।

प्रदेशस्थित सामाजिक विकास मन्त्रालय र जिल्ला परीक्षा समन्वय समितिको व्यवस्थापनमा एसइई सञ्चालन गर्न लागिएको हो ।

पोखरा:      गण्डकीका प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, पोखराले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।   आयोगका पोखरा कार्या...

थप पढ्नुहोस्

नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ।   दुर्घटनामा १० जना घाइते भएका छन्।   बिहान करिब ४ बजे नेपालगञ्जबाट...

थप पढ्नुहोस्

पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ।    नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...

थप पढ्नुहोस्