११ तस्बिरमा हेर्नुहोस्, आकाशबाट ‘अष्ट्रेलियन क्याम्प’
पाेखरा | कात्तिक २६, २०८०
पोखरा: पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई एक रात बिताउन सुखद् गन्तव्य मध्ये अष्ट्रेलियन क्याम्प (ठूलाखर्क) पनि पर्छ ।
कास्कीको काँडेबाट करिब साढे १ घण्टामा पैदल पुग्न सकिन्छ । क्याम्प जान अर्काे रुट पनि छ ।
जुन घट्टेखोलाबाट धम्पुस हुदैं माथि उक्लिनु पर्छ । यो रुट तुलनात्मक रुपमा उकालो र बढी समय लाग्छ । त्यसैले प्राय पर्यटक काँडे हुँदै जान्छन् र फर्कदा पोथाना धम्पुसको बाटो रोज्छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिकामा अष्ट्रेलियन क्याम्पमा अहिले आधा दर्जन बढी होटल सञ्चालनमा छन् ।
होटल व्यवस्थापन समितिले आन्तरिक पर्यटकका लागि प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँ र बाह्य पर्यटकका लागि २ हजार २ सय रुपैयाँमा (खान र बस्न) प्याकेज निर्धारण गरेको छ ।
तस्बिरहरु:










काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

