नवलपुर जीप दुर्घटना: मृत्यु हुनेको संख्या सात पुग्यो
नवलपुर | कात्तिक २६, २०८०
नवलपुर: नवलपुरको देवचुली नगरपालिका-८ मुण्डेमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ । घाइते एक जनाको पनि चितवनमा उपचारको क्रममा केहीबेर अघि मृत्यु भएपछि मृतकको सङ्ख्या सात पुगेको नवलपुर प्रहरीले जनाएको छ ।
बिहान बुलिङटारबाट कावासोतीका लागि छुटेको ग १ ज ३२७० नम्बरको जीप एसमोडको एउटा घरमा ठोक्किएर दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकमध्ये ६ जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा बौदीकाली गाउँपालिका –६ का जिपचालक २९ वर्षीय छनबहादुर आले, सोही ठाउँका ५२ वर्षीया कुमारी राना, ५५ वर्षीया टेकमान वानटक्की, ४५ वर्षीया कमला वानटक्की, बुलिङटार गाउँपालिका –४ का १२ वर्षीया करिश्मा ठाडा र मध्यविन्दु नगरपालिका २ मदनपुरका १८ वर्षीय चिरन अर्याल रहेको नवलपुरका प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए । अन्य एक जनाको अझै पहिचान खुलेको छैन ।
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...
काठमाडौं । त्रिपुरेश्वरमा सोमबार बस आगलागीमा परी घाइते भएका चालको निधन भएको छ । कीर्तिपुर अस्पताल (बर्न अस्पताल)मा उपचारका क्रममा निधन भएको प्रहरी स्रोतले जनाएको छ । स्रोतका अनुसार उनको सो...

