पोखरामा खुर्पा हानेर आफ्नै बुवाको हत्या, छोरा रविन पक्राउ
पाेखरा | कात्तिक २९, २०८०

पोखरा: पोखरामा आफ्नै बुवालाई खुर्पा प्रहार गर्ने युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका १७ बिरौटास्थि गोधुली संसार पथ बस्ने २२ वर्षीया रविन क्षेत्री रहेका छन् ।
कास्की प्रहरीका अनुसार रविनले हिजो २८ गते करिब १२ बजे ५२ बर्षीय रामु क्षेत्रीलाई खुर्पा (हतियार) प्रहार गरी फरार थिए ।
घाइते भएका राजुलाई उपचारका लागि चरक मेमोरीयल अस्पतालमा पठाइएको थियो । त्यसपछि करिब ५ बजे चिकित्सक टालीले मृत्यु घोषणा गरेको थियो ।
खुर्पा प्रहार गर्ने व्यक्ति फरार भएपछि जिल्ला प्रहरी कार्यालय कास्कीले आफु मातहत तथा अन्यत्र जिल्लामा समेतबाट हुलिया, फोटोसहितको खोजतलासको लागि प्रहरी परिचालन गरेको थियो ।
त्यसैको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीको संयोजनमा जिल्ला प्रहरी कार्यालय पाल्पाले प्रभासबाट ग २० प ६०४७ नम्बरको मोटरसाइकलसहित पक्राउ गरि कास्की पठाएको छ ।
हाल कास्की प्रहरीको नियन्त्रण रहेका रविनलाई कर्तव्य ज्यान सम्बन्धी मुद्दामा अनुसन्धान प्रक्रिया अगाडी बढाईएको प्रहरीले जनाएको छ ।
पोखरा: रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ तथा २१२ औं भानु जयन्तीको अवसरमा शनिबार पोखरामा “सम्झनामा आदिकवि” विशेष कविता वाचन गरेको छ । का...
पोखरा: पोखराको नदिपुरमा सम्पन्न भएको क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबतस्तरीयतर्फ आधिखोला न्यु दिल्ली र भेट्रान्सतर्फको उपाधि पोखरा भेट्रान्सले जितेको छ । लामा अमृत फाउण्डेशन ...
पोखरा: कास्कीको पोखरा महानगरपालिकाले ‘घरघरमा स्वास्थ्य कार्यक्रम’अन्तर्गत ११ हजार आठ सय ६२ जनालाई नसर्ने रोगको निःशुल्क स्क्रिनिङ तथा परामर्श सेवा प्रदान गरेको छ । यही असार १ गतेदेखि महान...