रेडियो अन्नपूर्ण “सम्झनामा आदिकवि” विशेष कविता वाचन

पाेखरा | असार २८, २०८२

रेडियो अन्नपूर्ण “सम्झनामा आदिकवि” विशेष कविता वाचन

पोखरा:   रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले आफ्नो स्थापनाको २५ औं वर्ष प्रवेशको सन्दर्भ तथा २१२ औं भानु जयन्तीको अवसरमा शनिबार पोखरामा “सम्झनामा आदिकवि” विशेष कविता वाचन गरेको छ । 


कार्यक्रममा ९ जना कविले पद्य तथा गद्यमा कविता प्रस्तुत गरे । कवि संयोग बस्यालले बाँचिन्छ आरामले र करुणा प्रस्तुत गरे । कवि सुरेश रानाभाटले माटोको वासना तथा लालुपाते शीर्षकको कविता सुनाए । यस्तै केआर ढकालले पर्ख र सस्तो पसल, सञ्जिव पौडेलले विज्ञप्ति मुर्दावाद र जानेहरू, रमा खतिवडाले भानुभक्त र असारे झ्याउरे कविता सुनाइन् ।


कवि रुपिन्द्र प्रभावी जोशीले प्रतिविम्ब र सास्ती कविता सुनाए । कवि निकेश गिरीले भानुको आत्म सम्मान र फौजी ढलेपछि शीर्षकको कविता प्रस्तुत गरे । कवि सरस्वती श्रेष्ठ सरूले सम्झनामा भानुभक्त र सुखको खोजीमा, डा.जगन्नाथ रेग्मीले म मूर्ख र मदियम नगरम अर्थात मेरो नगर शीर्षकको कविता वाचन गरे ।


प्रमुख अतिथि गण्डकी प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति सूर्य खड्का बिखर्चीले भानुप्रति समर्पित कविता कविता सुनाउँदै नेपाली साहित्य, संस्कृति, संस्कार र धर्मको रक्षाका लागि सबै लाग्नु पर्नेमा जोड दिए । 


विशेष अतिथि प्राज्ञ, विम्बकवि रमेश श्रेष्ठले एक दशक बढी रेडियोमा कविताको देश कार्यक्रम सञ्चालन गरेको स्मरण गरे । सो अवसरमा श्रेष्ठले कविता जन्माउनका लागि कविमा प्रगतिशील बिचार हुनुपर्ने नत्र कवि बन्न नसकिने जिकिर गरे । प्रगतिशीलताले लेखनमा नयाँ नयाँ कविताहरू लेख्न हुटहुटी जगाईरहन्छ, उनले भने, सुन्दर कविताको सर्जक ईश्वर भएको र भ्रमहरू यसबाट टाढा रहेको बताए ।


कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्कीले हाम्रा पूर्वजहरूमै उद्यमशीलताको सोंच लेखनको कला भएको भानुका कविता वा उहाँमाथिका लेखनहरूबाट प्रस्ट भएको बताए । 


उनले साहित्यले उद्यमशीलताको विकासका लागि अभिप्रेरित गरेकोमा खुसी व्यक्त गरे ।


कार्यक्रममा भानु वाङ्मय प्रतिष्ठानका सचिव तथा साहित्यकार अम्बिकाप्रसाद भट्टराईले तनहुँको चुँदी रम्घामा १८७१ असार २९ मा जन्मेका र १९२५ मा धर्ती छोडेर गएका भानुको कवित्वका विविध पक्षहरुको चर्चा गरे । 


भानुले राष्ट्रिय एकता र भाषिक एकताको रुपमा काम गरेकोले उनलाई भाषिक एकताको प्रतिकको रुपमा लिईएको बताए । अहिले ४ कक्षादेखि विद्यावारिधिसम्मका विद्यार्थीका लागि भानु अध्ययनको केन्द्र बनेको बताए । 


भानुका कवितामा श्रमजिविका प्रेरणाका कुराहरु, अधिकारका कुराहरु, उद्यमशिलताका कुराहरु नेपाली आफ्नोपनको स्वाद पाईने बताए । 


वाल्मिकीको संस्कृतको रामायणलाई नेपाली अनुवाद गरेर प्रख्याती कमाएका भानुले फुटकर कविता, गिरधारीभाटमाथिको लेखन, घाँसीको कुरा, वधुशिक्षा लगायतका सिर्जना गरेको बताए । उनले भने, समस्टिमा भन्नु पर्दा भानुले लोकको हितको कुरा गरेको बताए ।


कार्यक्रममा कविता वाचनमा सहभागि भएका कविहरुलाई रेडियोका संस्थापक अध्यक्ष विश्वशंकर पालिखे, प्रवन्ध निर्देशक सुनयना पालिखेले मायाको चिनो प्रदान गरे ।  


पालिखेले रेडियो स्थापनासंगै सामाजिक, सांस्कृतिक, साहित्यिक, भाषा, कला र जनजिविकाका सवालहरुलाई उठाईरहेको बताए । उनले भो भने, हामीलाई थाहा छ यो कमाउने क्षेत्र होईन । संचार क्षेत्र सेवामूलक क्षेत्र भएकोले जनताकालाई सुसूचीत गर्न र अफ्ठेरो परेको बेलामा सारथी बन्न कुनै कसर बाँकी नराखेको र भविष्यमा पनि नराखिने प्रतिवद्धता उनको थियो ।


यसअघि कार्यक्रममा सहभागिहरुलाई कार्यक्रम संयोजक सरु लामिछानेले स्वागत गरेकी थिईन् भने सञ्चालन कञ्चन थापाले गरेकी थिईन् ।

काठमाडौं:   सरकारले सूचीकरण नभएका सामाजिक सञ्जाललाई देशभित्र निष्क्रिय गराउने निर्णय गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार एक सूचना जारी गर्दे यस्तो निर्णय भएको जनाएको हो । &lsqu...

थप पढ्नुहोस्

चितवन:  नागढुङ्गा-मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन(मलेखु सडक स्तरोन्नतिसँगै चाडपर्वलाई लक्षित गरी मर्मत गर्न थालिएको छ ।  दसैँमा यो सडक हुँदै आवतजावत गर्नेको सङ्ख्या बढी हुने भएकाले ...

थप पढ्नुहोस्

पोखरा:  पोखरा महानगरपालिका–८ जाल्पारोडस्थित रहेका खाजाघरमा अनैतिक गतिविधिमा संलग्न रहेको आरोपमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  जाल्पारोडस्थित रहेका विभिन्न खाजाघरहरुमा होहल्ला भई अ...

थप पढ्नुहोस्