१९७४ एडीले सार्वजनिक गर्याे कन्सर्टको ‘लिस्ट’, मंसिर २३ गते पोखरामा
काठमाडाैं | मंसिर ३, २०८०
काठमाडौँ: लोकप्रिय ब्यान्ड १९७४ एडी लामो समयपछि गुञ्जने भएको छ । नोभेम्बर १९ देखि दार्जिलिङको खर्साङमा हुने 'द फाइन ट्रि फेस्टिभल'बाट सुरु हुने कन्सर्टको ‘मिनी टुर लिस्ट’ नै सार्वजनिक भएको छ ।
ब्यान्डका भोकलिस्ट/गिटारिस्ट फिरोज स्याङ्देन, भोकलिस्ट/ड्रमर एड्रियन प्रधान र फ्लुटिस्ट मनोज सिंह कन्सर्टका लागि अमेरिकाबाट नेपाल आइसकेका छन् ।
नेपालमा रहेका संस्थापक तथा बेसिस्ट निराकार याकथुम्बा, लिड गिटारिस्ट मनोजकुमार केसी र पर्कसनिस्ट सञ्जय श्रेष्ठसहित ब्यान्डका सबै सदस्य मिलेर कन्सर्टका लागि अभ्यास गरिसकेका छन् ।
खर्साङको टुर सकिएसँगै डिसेम्बर २ मा दुबई, डिसेम्बर ३ मा अबुधाबी, डिसेम्बर ९ मा पोखरा (मंसिर २३ गते ), डिसेम्बर ११ मा बिर्तामोड र डिसेम्बर १५ मा काठमाडौंमा कन्सर्ट हुने बताइएको छ ।
सन् १९९४ मा झम्सिखेलबाट स्थापना भएको १९७४ एडीले ९ एल्बम निकालिसक्यो । ब्यान्डका थुप्रै गीत दर्शकको मन मुटूमा बस्न सफल छन् ।
त्यसमध्ये ‘सम्झी बस्छु’, ‘शताब्दी’, ‘जङ्गी निशान’, ‘पिँजडाको सुँगा’ ‘सम्झी बस्छु’, ’मुटु भरि भरि’, ‘यो मन त मेरो नेपाली हो’, ‘सम्बोधन’, ‘हिँड्दा हिँड्दै’, ‘गुँराश फुल्यो’, ‘धेरै धेरै आउँछ मनमा’ जस्ता गीत निकै चर्चित छन् ।
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...
निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ । ...
काठमाडौँ: निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ । आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

