जीप दुर्घटनामा परी गम्भीर घाइते भएका दुईको मृत्यु

रुकुम पश्चिम | मंसिर ४, २०८०

जीप दुर्घटनामा परी गम्भीर घाइते भएका दुईको मृत्यु

रुकुम पश्चिम:    रुकुम पश्चिममा जीप दुर्घनामा परी गम्भीर घाइते भएका २ जनाको मृत्यु भएको छ । मृत्युहुनेमा चौरजहारी नगरपालिका–१३ का ४५ वर्षीय मस्तबहादुर ओली र सानीभेरी गाउँपालिका–२ का सात वर्षीय बालक प्रतिक बुढा छन् ।


बालक बुढाको उपचारका लागि एम्बुलेन्समार्फत सुर्खेत लैजाँदै गर्दा सल्यान जिल्लाको नेटा भन्ने ठाउँमा र ओलीको चौरजहरी अस्पतालमै मृत्यु भएको चौरजहारी नगरपालिकाका नगरप्रमुख पुष्प वादीले जानकारी दिए ।


उनका अनुसार अन्य पाँच जनाको पनि अवस्था गम्भीर रहेकाले गृहमन्त्रालयमा समन्वय गरेर काठमाडौँबाट हेलिकप्टर आउन लागेको र सोही हेलिकप्टरमार्फत थप उपचारका लागि काठमाडौँ पठाउने तयारी भइरहेको नगर प्रमुख वादीले जानकारी दिए ।


आज बिहान चौरजहारी नगरपालिकाबाट जिल्ला सदुरमुकाम खलङ्गा आउने क्रममा चौरजहारी–८ गैरीजिउलामा लु १ ज २२९७ नम्बरको जीप दुर्घनामा परेको थियो । जीपमा सवार चालकसहित २२ जना घाइते भएका थिए । जीप मध्यपहाडी राजमार्गअन्तर्गत पर्ने गैरीजिउला सडकखण्डबाट भेरी नदीमा खसेको थियो ।


घाइतेको चौरजहारी मिसन अस्पतालमा उपचार भइरहेको छ । जीपमा क्षमताभन्दा बढी सवारी चढाएकाले दुर्घटना भएको हुनसक्ने प्रहरीले आँकलन गरेको छ । यसबारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।

बागलुङ:  बागलुङमा सुख्खा पहिरो खस्दा मध्य पहाडी लोकमार्ग अवरूद्ध भएको छ। सोमबार गलकोट नगरपालिका–११ काउछेमा सुख्खा पहिरो खसेको जिल्ला प्रहरी कार्यालयका डिएसपी बसन्त पाण्डेले जानकारी दिए। उ...

थप पढ्नुहोस्

सुनसरी:  सुनसरीको हरिनगर गाउँपालिका–६, घुस्कीमा गएराति गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हरिनगर –६ कि १७ वर्षीया किशोरी अर्चना खातुन रहेको जिल्ला प्रहरी कार्यालयका ...

थप पढ्नुहोस्

पोखरा:   श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा–८ रत्नचोकको आयोजनामा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने भएको छ ।  विगतका वर्षहरुमा जस्तै श्रीकृष्...

थप पढ्नुहोस्