श्रीकृष्ण प्रणामी मन्दिर पोखरा रत्नचोकमा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने
पाेखरा | असार ३०, २०८२
पोखरा: श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्रीकृष्ण प्रणामी मन्दिर पोखरा–८ रत्नचोकको आयोजनामा एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचन हुने भएको छ ।
विगतका वर्षहरुमा जस्तै श्रीकृष्ण प्रणामी मन्दिर रत्नचोक पोखरामा आगामी अषाढ ३१ गते श्रावण कृष्ण पञ्चमी देखि श्रावण ३१ भाद्र कृष्ण अष्टमी सम्म श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको आयोजना गरिने श्रीकृष्ण प्रणामी सेवा समिति नेपाल श्री कृष्ण प्रणामी मन्दिर पोखराका अध्यक्ष मोहन प्रसाद ढकालले जानकारी दिए ।
एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनको पूर्व सन्ध्यामा आगामी असार ३१ गते पोखरामा कलश यात्रा सहित कार्यक्रमको शुभारम्भ गरिने बताउदै अध्यक्ष ढकालले विगतका वर्षहरुमा जस्तै यस वर्षपनि श्रद्धालु भक्तजनहरुको साथ र सहयोगले कार्यक्रमले सफलता पाउने बताए ।
आषाढ ३१ गतेदेखि सुरु हुने एक महिने श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा श्रीकृष्ण प्रणामी धर्मका धर्म प्रचारिका साध्वी उर्वशी माताजीको मुखारविन्दुबाट संगीतमय कथा प्रवचन कार्यक्रम हुने र उक्त कार्यक्रमको उद्घाटन गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दु कुमार थापाले उद्घाटन गर्ने समितिका उपाध्यक्ष कार्यक्रम संयोजक केशव प्रसाद बरालले जानकारी दिए ।
बिगतका वर्षहरुमा सञ्चालित श्रीमदवीतक चर्चा एवं श्रीकृष्ण कथा प्रवचनमा पोखरेली तथा छिमेकी जिल्लाका भक्तजनहरुको उल्लासपूर्ण उपस्थितीले कार्यक्रम सम्पन्न भएको र यसपटक पनि भक्तजनहरुको साथ र सहयोग सहित कार्यक्रममा सहभागीताका लागि समितिका सचिव लक्ष्मण बरालले आग्रह गरेका छन ।
पोखरा: पोखरामा भोलिदेखि छैटौँ टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लब च्याम्पियनसिप सुरु हुँदैछ । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने च्याम्पियनसिपक...
पोखरा: पोखरा महानगरपालिका वडा नं १५ मा जारी वडा खेलकुद महोत्सवमा विहीबार भलिबल, फुटवल, दौड र यूनि हकी अन्तर्गतका खेल सम्पन्न भएका छन । जस अन्तर्गत विद्यालय स्तरीय फुटबलको उपाधि एस ओ एस गण्डकीले विद्यालयस्तरीय ...
पोखरा: पोखराको अमरसिंह खेल मैदानमा जारी १४ औं पोखरा महोत्सवमा आयोजित खुल्ला छेलो प्रतियोगिताको उपाधि लमजुङका निशान परियारले हात पारेका छन । प्रतियोगितामा परियारले १४.३३ मिटर दुरी छेलो ...

