खलंगा जाँदै गरेको गाडी भेरी किनारमा खस्यो
काठमाडाैं | मंसिर ४, २०८०
रूकुम पश्चिममा २२ यात्रु बोकेको गाडी दुर्घटनामा परेको छ। सोमबार बिहान चौरजहारीबाट खलङ्गा जाँदै गरेको लु १ ज २२९७ नम्बरको जिप चौरजहारी नगरपालिका-८ गोइरीजिउलास्थित मध्यपहाडी राजमार्गमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालय रूकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुप्रसाद श्रेष्ठले जिप सडकबाट डेढ सय मिटर तल भेरी नदी किनारमा खसेको जानकारी दिए।
जिपमा २२ जना यात्रु सवार रहेको र ती सबै घाइते भएको इन्स्पेक्टर श्रेष्ठले जानकारी दिए। तीमध्ये ७ जनाको अवस्था गम्भीर रहेको उनले बताए। घाइतेहरूको उद्धार गरी उपचारका लागि मिसन अस्पताल पुर्याइएको छ।
जिपमा क्षमताभन्दा बढी यात्रु चढाइएकाले दुर्घटना भएको प्रहरीको आकलन छ। चालक चौरजहारीकै भीमबहादुर विक पनि घाइते छन्। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं: निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका’ सार्वजनिक गरेको छ । ‘निर्वाचन शिक्षा तथा सूचनाको विस्तार स्वतन्त्र र निष्पक्ष निर्वाचनक...
काठमाडौं: भदौ २३ र २४ गतेको घटना सम्बन्धी जाँचबुझ आयोगले अर्को तत्कालिन प्रधानमन्त्री र गृहमन्त्रीलाई बयानमा बोलाउने तयारी गरेको छ । यसबारे आयोगले आज प्रधानमन्त्री शुसीला कार्कीलाई जानकारी गराएको छ । ...
काठमाडौं: बुधबार बिहानदेखि सुरु भएको नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान प्रक्रिया सम्पन्न भएको छ । कुल २२६३ प्रतिनिधिमध्ये ३६ जना अनुपस्थित हुँदा २२२७ मत खसेको छ । निर्वाचन आयोगक...

