बल्खुमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जना नियन्त्रणमा

काठमाडाैं | मंसिर ८, २०८०

बल्खुमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जना नियन्त्रणमा

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्षको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा गर्ने पाँच जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

जिल्ला प्रहरी परिसर काठमाडौंले पाँच जनालाई विभिन्न ठाउँबाट नियन्त्रणमा लिएको एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिए। प्रहरीले उनीहरूको नाम सार्वजनिक गरिसकेको छैन। 

 

प्रहरीमाथि ढुंगामुढा गर्ने, गुलेलीले हिर्काएको र अराजकता फैलाएको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ। यसमा संलग्न अन्य व्यक्तिहरूलाई पनि प्रहरीले खोजिरहेको छ।

 

प्रसाईंपक्षले शुक्रबारदेखि तिनकुनेमा प्रदर्शन गर्ने बताएको छ। यद्यपि जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुमति नभएको ठाउँमा प्रदर्शन गरे कारबाही गर्ने बताएको छ। बिहीबार बल्खुमा भएको प्रदर्शनमा पाँच प्रहरीसहित २८ जना घाइते भएका थिए। 

 

प्रसाईंले भाषण गरिरहँदा अब शहर पसेर आन्दोलन गर्ने भनेपछि भीड अनियन्त्रित भएर प्रहरीमाथि ढुंगामुढा गरेको थियो। 

काठमाडौं:  आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयक...

थप पढ्नुहोस्

काठमाडौं: गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। उनले सोमबार जेन–जी आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। स्रोतका अनुसार उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बै...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल सरकार मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ ।   नियमित कार्यसूची तथा आज भएको ‘जेनजी’ पुस्ताको आन्दोलन र हिंसात्मक घटनालगायत विषयमा छलफल गर्न ...

थप पढ्नुहोस्