केपी ओली टी–२० क्रिकेट: बागमती सेमिफाइनलमा प्रवेश

पाेखरा | मंसिर ८, २०८०

केपी ओली टी–२० क्रिकेट: बागमती सेमिफाइनलमा प्रवेश तस्वीर: उमेश पुन

पोखरा:  पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकाल्दै बागमती प्रदेशले सेमिफाइनल प्रवेश गरेको छ । 


बागमती प्रदेशले केपी ओली टी–२० कपमा कर्णाली प्रदेशलाई ९० रनले हराउँदै सेमिफाइनल स्थान पक्का गरेको हो ।  बागमतीले समुह ए मा दुबै खेलमा जितका साथ सेमिफाइनलमा प्रवेश गरेको हो । पहिलो खेलमा बागमती प्रदेशले मदन भण्डारी स्पोर्टस क्लब (रातो)लाई पराजित गरेको थियो । 


जितको लागि १ सय ९० रनको विशाल विजयी लक्ष्य पछ्याएको कर्णाली प्रदेश १७.३ ओभरमा ९९ रनमा अल आउट भयो । कर्णालीका अर्जुन घर्तीले २३ बलमा ३ चौकासहित सर्वाधिक २४ रन बनाए ।


कप्तान रविन्द्रजंग साहीले २०, विपिन शाही २१ र दिपेन्द्र रावतले १२ रन बनाए । अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन् ।


बागमतीका कप्तान सन्दीप लामिछानेले ३.३ ओभरमा ९ रन खर्चेर ४ विकेट लिए । दिपेश श्रेष्ठले २ , प्रतिश जिसि, रिजन ढकाल, सुवास खत्री र ईशान पान्डेले १(१ विकेट लिए ।


त्यसअघि पोखरा क्रिकेट रंगशालामा टस जितेर पहिला ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८९ रन बनाएको थियो ।


बागमतीको जितमा ओपनर रित गौतमले ५९ बलमा १० चौका र २ छक्कासहित सर्वाधिक ८२ रन बनाएका थिए


रितले पहिलो खेलमा मदन भण्डारी स्पोर्ट्स एकेडेमी रेडविरुद ७४ रन बनाएका थिए । उनले सुरुवाती दुबै खेलमा अर्धशतक प्रहार गरेका हुन् ।


दोस्रो विकेटका लागि रित र इशानले १ सय ४३ रनको साझेदारी गरेका थिए ।


नेपाली टोलीबाट खेली सकेका इशान पाण्डेले ३८ बलमा ४ चौका र ६ छक्कासहित ७० रनको उत्कृष्ट इनिङ खेलेका थिए ।


ओपनर शुभ कान्सकार १२ बलमा ४ रन बनाउदै आउट भएका थिए । त्यसपछि ईशान र रितको साझेदारीले इनिङ उकासेका थिए ।


प्रतिश १२, प्रतीक श्रेष्ठ ७ र सन्दीप लामिछाने डक आउट भए ।


कर्णालीका दिनेश अधिकारीले ४ ओभरमा ३३ रन खर्चेर ३ विकेट लिएका थिए । दिवान पुन र अनुज चनाराले एक एक विकेट लिए ।


बागमतीले सेमिफाइनलमा मंसिर १४ मा समूह डि को विजेतासँग खेल्नेछ । समूह डि मा आर्मी, कोशी प्रदेश र मदन भन्डारी स्पोर्ट्स एकेडेमी ब्लु छन् ।

काठमाडौं:  हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर रहेको छ । साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाक...

थप पढ्नुहोस्

काठमाडौं:  आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयक...

थप पढ्नुहोस्

काठमाडौं: गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। उनले सोमबार जेन–जी आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। स्रोतका अनुसार उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बै...

थप पढ्नुहोस्