क्रस-कन्ट्री दौडमा नेपाली टोली च्याम्पियन
कास्की | मंसिर ९, २०८०
Photo: Dhan Bahadur Gurung/RSS
कास्की: पोखरामा आज सम्पन्न नेपाल–पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड प्रतियोगितामा नेपाली टोली च्याम्पियन बनेको छ । चिनियाँ दूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएको प्रतियोगितामा टिम इभेन्टको ४० किलोमिटरको प्रतिस्पर्धामा नेपाली टोलीका सुमन कुलुङ, इन्द्रकला नेम्वाङ र रमेश लिम्बूको टोली च्याम्पियन बन्दै नगद रु तीन लाख ६० हजार पुरस्कार पायो ।
यसैगरी नेपालकै श्रेवी महर्जन, मुहेश थारू र वसन्त थारूको टोली द्वितीय भयो । उपविजेता टोलीले रु दुई लाख ८८ हजार पुरस्कार पायो । श्रीकास राई, तिलक सुनुवार र केशरी थापामगर (नेपाली सेना)को टोली तृतीय हुँदै रु दुई लाख १६ हजार पुरस्कार प्राप्त गर्न सफल भएको प्रतियोगिताका खेलाडी दर्ता एवं पुरस्कार संयोजक गोकर्ण कार्कीले जानकारी दिनुभयो ।
चिनियाँ टोली भने चौथो स्थानमा रहन सफल भयो । लिन सिआक्जी, याङ चुन्हेङ र होउ क्विङ टोली चौथो स्थानमा रहँदै रु एक लाख ४४ हजार पुरस्कार प्राप्त गरेको छ ।
यसैगरी ३८ किलोमिटरतर्फको एकल प्रतिस्पर्धामा नेपाली धावक होमलाल श्रीस च्याम्पियन बन्नुभयो । उहाँले रु एक लाख ४४ हजार पुरस्कार पाउनुभयो । बेदबहादुर सुनुवार द्वितीय हुँदै रु एक लाख आठ हजार पुरस्कार पाउनुभयो । तीर्थ तामाङ तृतीय र करन रावल चौथो हुनुभयो । उहाँहरूले क्रमशः रु ५४ हजार रु १८ हजार पुरस्कार पाउनुभयो ।
क्रसकन्ट्री दौडको टिम इभेन्टमा नेपालका १० टोली, चीनका तीन टोलीले प्रतिस्पर्धा गरेका थिए । एकल प्रतिस्पर्धामा ७६ जनाले सहभागिता जनाएका थिए । अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडकै छात्र–छात्रा दौड विधामा कुमुदिनी होम्सका छात्र कृष्णबहादुर परियार प्रथम र छोरेपाटन माविकी छात्रा नारायणी भण्डारी प्रथम हुँदै जनही नगद रु २५ हजार पुरस्कार पाउनुभयो । छात्रतर्फ कास्की मोडनाइज्डका तेन्जोन रोकामगर द्वितीय र बादल कार्की तृतीय हुँदै जनही रु २० हजार पुरस्कार पाउनुभयो । छात्रातर्फको प्रतिस्पर्धामा मेघराज आधारभूत विद्यालयकी एन्जिला जिटी द्वितीय र तालबाराही माविकी गीता श्रेष्ठ तृतीय हुँदै रु १५ हजार पुरस्कार पाउनुभयो ।
खेलकुदका माध्यमबाट दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाउँदै पोखराको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक विश्वशङ्कर पालिखेले जानकारी दिनुभयो ।
पोखरा: पोखराको नागढुंगामा अवस्थित सुविधा सम्पन्न चरक मेमोरियल हस्पिटल प्रालिले सेवाको १३ वर्ष पूरा गरेको छ । हस्पिटलले विविध कार्यक्रम गरी १३ औं वार्षिकोत्सव पनि मनाएको छ । हस्पिटलका प्रब...
बागलुङ: बागलुङको ताराखोला गाउँपालिका–५ मराममा स्काभेटर चलाइ रहेको बेला सडक माथिदेखि खसेको ढुङ्गाले लाग्दा सहचालकको मृत्यु भएको छ। मृत्यु हुनेमा रोल्पाका १९ वर्षीय विशाल पुन मगर रहे...
मुस्ताङ: हिमाली जिल्ला मुस्ताङमा दुर्लभ हिउँ चितुवाको सङ्ख्या पत्ता लगाउन अध्ययन सुरुआत गरिएको छ । बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय जोमसोमको संयुक्त समन्वय ...

