एभरेस्ट एफएमले आयोजना गरेको रक्तदानमा १ सय ८८ युनिट रगत संकलन

पाेखरा | मंसिर ९, २०८०

एभरेस्ट एफएमले आयोजना गरेको रक्तदानमा १ सय ८८ युनिट रगत संकलन

पोखरा:    पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा १८८ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १५७ जना पुरुष र ३१ जना महिलाले रक्तदान गरेका हुन् ।


‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ आयोजित एफएमको रक्तदान कार्यक्रममा ३१ जनाले पहिलो पटक रक्तदान गरेका छन् । रक्तदानमा सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनी, नेपाल प्रहरी, कालिगड संघ कास्की,फिस्टेल लज, जिफन्ट, इन्न्डियन पेन्सन क्याम् भू पू गोर्खा, नागरिक समाजलगायतको संस्थागत सहभागिता रहेको थियो ।


यसअघि रत्तदान कार्यक्रमको एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मकुमारी गुरुङले रक्तदाता ट्याक्सी चालक शंकर गुरुङ र नागरिक समाज पोखराका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता रामबहादुर पौडेललाई व्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेकी थिईन् ।


रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रम विहान ७ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म भएको थियो । रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कर्मकुमारी गुरुङले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिडिया हाउसले रक्तदान कार्यक्रम गरेको बताईन् । उनले रेडियोको जीवन बचाउने अभियानमा सहभागि हुन आग्रह गरिन् ।


एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जीवन बचाउने अभियान अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवको अवसर पारेर वार्षिक क्यालेन्डर नै बनाएर मिडिया हाउसले रक्तदान गर्दै आएको उनले बताए ।


रक्त सञ्चार केन्द्र पोखराका प्राविधिक प्रमुख अर्जुनप्रसाद ज्ञवालीले हरेक स्वस्थ व्यक्तिले तीन/तीन महिनामा रक्तदान गर्न सक्ने बताए ।


नेपाल रेडक्रस सोसाईटी कास्कीका महामन्त्री सुरेन्द्र गुरुङले रक्तदान गर्नु आफैमा महादान भएकाले यसमा सरिक हुन सबैमा आग्रह गरे ।
 

काठमाडौं:  तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...

थप पढ्नुहोस्

–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की   नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...

थप पढ्नुहोस्

काठमाडौं:  आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

थप पढ्नुहोस्