एभरेस्ट एफएमले आयोजना गरेको रक्तदानमा १ सय ८८ युनिट रगत संकलन

पाेखरा | मंसिर ९, २०८०

एभरेस्ट एफएमले आयोजना गरेको रक्तदानमा १ सय ८८ युनिट रगत संकलन

पोखरा:    पोखराबाट प्रशारण हुने एभरेस्ट एफएम ९३ मेगाहर्जले शनिबार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा १८८ युनिट रगत संकलन भएको छ । एभरेस्ट मिडिया हाउस प्रालिद्वारा सञ्चालित एभरेस्ट एफएम र एभरेस्ट आवाज डटकमले आफ्नो वार्षिकोत्सवको अवसर पारेर शनिबार आयोजना गरेको रक्तदान कार्यक्रममा १५७ जना पुरुष र ३१ जना महिलाले रक्तदान गरेका हुन् ।


‘नियमित रक्तदान गरौं, जीवन बचाउने अभियानमा सहभागी बनौं’ भन्ने मूल नाराका साथ आयोजित एफएमको रक्तदान कार्यक्रममा ३१ जनाले पहिलो पटक रक्तदान गरेका छन् । रक्तदानमा सशस्त्र प्रहरीको मुक्तिनाथ बाहिनी, नेपाल प्रहरी, कालिगड संघ कास्की,फिस्टेल लज, जिफन्ट, इन्न्डियन पेन्सन क्याम् भू पू गोर्खा, नागरिक समाजलगायतको संस्थागत सहभागिता रहेको थियो ।


यसअघि रत्तदान कार्यक्रमको एभरेस्ट मिडिया हाउस प्रालिकी अध्यक्ष कर्मकुमारी गुरुङले रक्तदाता ट्याक्सी चालक शंकर गुरुङ र नागरिक समाज पोखराका पूर्व अध्यक्ष तथा सामाजिक अभियन्ता रामबहादुर पौडेललाई व्लड ब्याग हस्तान्तरण गरेर उद्घाटन गरेकी थिईन् ।


रक्तदान कार्यक्रम रक्त सञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा भएको रक्तदान कार्यक्रम विहान ७ः३० बजेदेखि मध्याह्न १२ बजेसम्म भएको थियो । रक्तदान कार्यक्रमको उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष कर्मकुमारी गुरुङले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत मिडिया हाउसले रक्तदान कार्यक्रम गरेको बताईन् । उनले रेडियोको जीवन बचाउने अभियानमा सहभागि हुन आग्रह गरिन् ।


एभरेस्ट एफएम तथा एभरेस्ट आवाज डटकमका सम्पादक दीपेन्द्र श्रेष्ठले जीवन बचाउने अभियान अन्तर्गत रक्तदान कार्यक्रम गरिएको बताए । संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत वार्षिकोत्सवको अवसर पारेर वार्षिक क्यालेन्डर नै बनाएर मिडिया हाउसले रक्तदान गर्दै आएको उनले बताए ।


रक्त सञ्चार केन्द्र पोखराका प्राविधिक प्रमुख अर्जुनप्रसाद ज्ञवालीले हरेक स्वस्थ व्यक्तिले तीन/तीन महिनामा रक्तदान गर्न सक्ने बताए ।


नेपाल रेडक्रस सोसाईटी कास्कीका महामन्त्री सुरेन्द्र गुरुङले रक्तदान गर्नु आफैमा महादान भएकाले यसमा सरिक हुन सबैमा आग्रह गरे ।
 

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्