कर्मचारी मिलन केन्द्रका कास्कीमा नयाँ कार्यसमिति सर्वसम्मत

पाेखरा | मंसिर ९, २०८०

कर्मचारी मिलन केन्द्रका कास्कीमा नयाँ कार्यसमिति सर्वसम्मत

पोखरा:   कर्मचारी मिलन केन्द्र कास्कीको तेस्रो अधिवेशन एवम् पाँचौं साधारणसभाले केन्द्रको नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।
    

पोखरा महानगरपालिका वडा नं ११ कार्कीडाँडामा आयोजित अधिवेशनले जिल्ला शिक्षा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको हो ।
    

जिल्लास्थित सरकारी, सार्वजनिक संस्थान लगायत क्षेत्र समेटेर निर्मित समितिको उपाध्यक्षमा नवराज गौतम, सचिवमा सन्तोष ढुुङ्गाना, सह सचिवमा सागर भण्डारी, कोषाध्यक्षमा मञ्जु अधिकारी र सह कोषाध्यक्षमा डा.प्रकाश अधिकारी रहनुुभएको छ ।
    

समितिका सदस्यहरूमा मुकुन्दराज पौडेल, बद्री आचार्य, प्रदिपकुमार श्रेष्ठ, निर्मला फुलारा, वासुदेव पौडेल र सन्तोष थापा रहनुुभएको छ । स्थानीय तह एवम् सुरक्षा निकायबाट एक एक जना पछि कार्यसमितिले चयन गर्ने जनाइएको छ ।
    

अधिवेशनका लागि जिल्ला समन्वय अधिकारी नवराज बरालको संयोजकत्वमा सहायक प्रमुख जिल्ला अधिकारी गुरुदत्त ढकाल र मिलन केन्द्रका अध्यक्ष केदार बराल सदस्य रहनुुभएको निर्वाचन समिति गठन गरिएको थियो । समितिले आवश्यक छलफल सहित कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
    

यस अघि अधिवेशनको उद्घाटन समारोहमा कर्मचारी मिलन केन्द्रका संरक्षक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले केन्द्रलाई जिल्लास्थित कार्यालयका कर्मचारीको सुख, दुःखको साथी बनाउन सक्नुपर्ने बताउनुुभयो । केन्द्रलाई सिर्जनात्मक बनाउनका लागि सबैको सकृयता आवश्यक हुने उहाँले बताउनुुभयो ।
    

गण्डकी प्रदेशका निमित्त प्रमुख सचिव विनोदबहादुर कुँवरले सार्वजनिक सेवा प्रवाहका क्षेत्रमा कृयाशिल कर्मचारीलाई आफ्नो नियमित सेवा प्रवाहका अतिरिक्त सामाजिक काममा सिर्जनात्मक काममा लाग्न प्रेरणा दिने संस्था कर्मचारी मिलन केन्द्र भएको बताउनुुभयो ।
    

केन्द्रका अध्यक्ष केदार बरालको अध्यक्षता एवम् उपाध्यक्ष महेश पौडेलले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत जिल्ला समन्वय अधिकारी नवराज बरालले गर्नुभयो भने कोषाध्यक्ष सन्तोष ढुुङ्गानाले सचिव तथा कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उक्त अवसरमा सेवा निवृत्त बन्नुुभएका केन्द्रका कार्यसमिति सचिव कृष्णप्रसाद पौडेल र सदस्य अनिल शाहीलाई सम्मानपत्र एवम् मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा नवनिर्वाचित अध्यक्ष लोकनाथ आचार्य, सेवा निवृत्त सहायक प्रमुख जिल्ला अधिकारी अनिल शाही लगायतले बोल्नुुभएको थियो ।  
 

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्

कास्की —पोखराको अमरसिंह चोकबाट एक महिला बेपत्ता भएकी छन् ।   मादी गाउँपालिका ८ पाखुरीकोट मिजुरे माइतीघर भई हाल रामबजार बस्ने रितु गुरुङ विगत केही दिनदेखि बेपत्ता भएकी हुन् ।   ...

थप पढ्नुहोस्

कास्की — पोखरा लोकदोहोरी रेस्टुरेन्ट व्यवसायी संघ कास्कीको नेतृत्वमा तेस्रो पटक जिवन गुरुङ निर्वाचित भएका छन् ।   पोखरामा आज (आइतबार) भएको चौथो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि जीवन गुरुङको...

थप पढ्नुहोस्