पोखरा आउँदै गरेको बसमा सवार बिनोद ४ केजी गाँजासहित प्रकाउ

पाेखरा | मंसिर ९, २०८०

पोखरा आउँदै गरेको बसमा सवार बिनोद ४ केजी गाँजासहित प्रकाउ

पोखरा:  काठमाडौंबाट पोखरा आउँदै गरेको बस सवार बिनोद वि.क. ४ केजी लागूऔषध गाँजासहित पावरहाउसमा प्रकाउ परेका छन् । 


पोखरा महानगरपालिका–३० पावरहाउसमा वडा प्रहरी कार्यालय गगनगौडाबाट खटिएको प्रहरीको टोलीले सवारी चेकिङ गर्ने क्रममा काठमाडौंबाट पोखरातर्फ आउँदै गरेको बसमा ४ केजी लागूऔषध गाँजासहित बिनोदलाई प्रकाउ गरेको हो । 


धादिङको गजुरी गाउँपालिका ३ बस्ने २१ बर्षीय बिनोदलाई प्रहरीले सवारी चेकिङ गर्ने क्रममा पावरहाउसमा लागूऔषध गाँजासहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । 


प्रकाउ परेका बिनोदलाई लागूऔषध सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ । 
 

सुर्खेत:  आफ्नै आमा ५० वर्षीय धनिकला बस्नेतको हत्या गरेको अभियोगमा भेरीगंगा नगरपालिका-१२ मसिनाटोल बस्ने ३० वर्षीय कबिराम बस्नेतलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । कबिरामले फरूवा प्रहार ...

थप पढ्नुहोस्

चितवन:  पहिरोका कारण अवरुद्ध नारायणगढ–सडक दुईतर्फी सञ्चालनमा आएको छ ।  इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक प्रतीक सिंहका अनुसार अविरल वर्षासँगै आज बिहान ८ः४० बजे इच्छाका...

थप पढ्नुहोस्

पोखरा:    फाइनप्रिन्ट बुक्सको आयोजना र र्याण्डम रिडर्स सोसाइटीको सह–आयोजनामा पोखरामा बुधबार ’फाइनप्रिन्ट फिभर घुम्ती साहित्य उत्सव’ भएको छ ।     उत्सवमा ३ वटा स...

थप पढ्नुहोस्