केपी ओली कप टी-२० क्रिकेट: गण्डकी पराजित हुँदा एपिएफ क्लब सेमिफाइनलमा प्रवेश
पाेखरा | मंसिर १०, २०८०

पोखरा: पोखरामा जारी केपी ओली कप टी–२० क्रिकेट प्रतियोगितामा घरेलु टोली गण्डकी प्रदेश लुम्बिनीसँग ५ रनले पराजित भएको छ । लुम्बिनीको जितले नेपाल एपिएफ क्लबले समूह ‘बी’बाट सेमिफाइनलमा स्थान पक्का गरेको छ ।
समूह‘बी’बाट एपिएफ क्लब रनरेटका आधारमा सेमिफाइनल प्रवेश गर्दा गण्डकी र लुम्बिनी अन्तिम चार पुग्नबाट बञ्चित भए ।
१०४ रनको विजयी लक्ष्य पछ्याएको गण्डकी १८.५ ओभरमा ९८ रनमा नै समेटिएको थियो । लक्ष्य पछ्याउने क्रममा गण्डकीका सुदिप अर्यालले २४ बलमा ४ चौका र दुई छक्का प्रहार गर्दै ३५ रनको यागदान दिए पनि उनले टिमलाई जिताउन सकेनन् । १८ औं ओभरको अन्तिम बलमा छक्का प्रहार गर्ने क्रममा उनी लङ अफमा मोहमद हुसेनको बलमा ध्रुव सुनारको हातबाट क्याच आउट हुने पुगे । गण्डकीका लागि अमृत गुरुङले १९, कप्तान विपिन खत्रीले १९, दिनेश बुढामगरले १३, र कमल परियारले ११ रन बाहेक अन्य खेलाडी क्रिजमा जम्न सकेनन् ।
लुम्बिनीका लागि मोहमद हुसेनले ३ं.५ ओभरमा ९ रन दिएर ४ विकेट हात पारे ।
यस अघि टस हारेर पारीको सुरुवात गरेको लुम्बिनीले २० ओभरमा ८ विकेटको क्षतिमा १०३ रन बनायो । टिमका लागि नर कार्की र धुव्र सुनारले समान २३–२३ रनको योदना दिंदा, विराट भण्डारीले १६ र मिर्नाल गुरुङले ११ रन जोडे ।
वलिङतर्फ गण्डकीका अमृत गुरुङले ३ विकेट र चन्द्र पौडेलले २ विकेट लिए ।
काठमाडौं: हाल मनसुनको न्यूनचापीय रेखा पश्चिममा सरदरभन्दा दक्षिणतिर रहेको छ । साथै पूर्वमा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाक...
काठमाडौं: आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शनका क्रममा हालसम्म मुलुकभर १९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हालसम्म तीन सय ४७ जना घाइते भएको जनाएको छ । मन्त्रालयक...
काठमाडौं: गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन्। उनले सोमबार जेन–जी आन्दोलनमा भएको दमनको नैतिक जिम्मेवारी लिँदै राजीनामा दिएका हुन्। स्रोतका अनुसार उनले सोमबार साँझ बसेको मन्त्रिपरिषद् बै...