पोखरामा सुनचाँदी पसलको ताला काटिरहेका नाबालिग रङ्गेहात पक्राउ

पाेखरा | मंसिर १०, २०८०

पोखरामा सुनचाँदी पसलको ताला काटिरहेका नाबालिग रङ्गेहात पक्राउ

पोखरा:   कास्की प्रहरीले ताला काट्दै गरेको अवस्थामा एक नाबालिगलाई पक्राउ गरेको छ । 

 

पक्राउ पर्नेमा रुपा गाउँपालिका ६ का १८ वर्षीय नाबालिग रहेका छन् ।

 

प्रहरीका अनुसार ती नाबालिगले न्यूरोडमा रहेको आरके स्याङ्जा  ज्वलर्स तथा सुनचाँदी पसलको सटर काट्दै गरेको अवस्थामा वडा प्रहरी बैदामको टोलीले पक्राउ गरेको हो ।

 

उनको साथबाट २ थान हेक्सा र १ थान काटिएको ताला बरामद ​गरेको छ ।

 

पक्राउ परेका उनीमाथि अहिले चोरी कसुरमा मुद्दा दर्ता भई थप अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

काठमाडौं:   नेपाली सेनाले देशमा हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरेको छ । सेनाले लुटपाट, आगजनी तथा अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली सेनाले जेनजी पुस्तालाई राष्ट्रिय एकतालाई कायम राख्दै संयमता अपनाउन आग्रह गरेको छ। जेनजीको आन्दोलनपछिको विकसित अवस्थालाई मध्यनजर गर्दै सेनाले यस्तो बताएको हो। सेनाको विज्ञप्तिमा भनिए...

थप पढ्नुहोस्

पोखरा:   पोखरामा जारी वात्सल्या एभरेष्ट महिला भलिबल लिगको मंगलबार हुने खेलहरु स्थगित गरिएको छ ।  आयोजक ईन्फिनिटी ड्रिम्स प्रालिले प्रेस विज्ञप्ती जारी गर्दै देशको विद्यमान परिस्थितिलाई मध्यनजर गर्दै...

थप पढ्नुहोस्