पोखरीमा डुबेर बालिकाको मृत्यु
खोटाङ | मंसिर ११, २०८०
खोटाङ: खोटाङको साकेला गाउँपालिका– २ स्थित माछा पोखरीमा डुबेर एक जना बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बिरधन राईको ३० महिनाकी छोरी आरिमा राई रहेकी छिन् ।
आइतबार हिजो दिउँसो साढे १ बजे बराहपोखरी गाउँपालिका– ६ स्थित मामा घरमा बस्दै आएकी उनी घर नजिकैको माछा पोखरीमा खेल्ने क्रममा पोखरीमा डुबेको अवस्थामा स्थानीयाले देखेका थिए ।
त्यसपछि उपचारको लागि साकेला आधारभुत अस्पताल लगेपछि मृत घोषणा गरिएको प्रहरीले जनाएको छ ।
पोखरा: छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित क्लव च्याम्पियनसिपमा महिलातर्फ सशस्त्र प्रहरी बल एपीएफविरुद्ध नेपाल पुलिस क्लबले शानदार जित निकालेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डह...
मुस्ताङ: मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...
तनहुँ: मिहिनेत गर्न सके स्वदेशमै बसेर विदेशको सरह पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण जिल्लाको व्यास नगरपालिका–१३ स्थित बेलबासका पशुपालन किसानले दिएका छन् । बेलबास दुग्ध उत्पादक सहकारी संस्थ...

