एक घरमा आगलागी हुँदा ९ लाख बराबरको क्षति
काठमाडाैं | मंसिर १२, २०८०

काभ्रेको धुलिखेलमा एक घरमा आगलागी हुँदा ९ लाख बराबरको क्षति भएको छ।
मंगलबार बिहान पौने ४ बजे धुलिखेल नगरपालिका-११ बाँनियाछाप बस्ने बलराम धितालको तीन तले घरमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएको छ।
ढुंगा-माटोले बनेको घरमा कसरी आगलागी भएको खुलेको छैन। प्रहरीका अनुसार उक्त घरमा मानिस बस्दैनन्। आगलागी बिहान पौने ७ बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ।
धुलिखेल नगरपालिकाको दमकल र स्थानीयको सहयोगमा उक्त आगलागी नियन्त्रणमा लिइएको हो। पिठो पिस्ने मेसिन, हाते ट्याक्टर, भुस काट्ने मेसिन, ७० मुरी मकै, ३ मुरी गहुँ, दुई मुरी धान, एक मुरी जैँ घाँस, खाद्यान्न, भाडाकुँडा, पराल र गाइगोठ गरी जम्मा ९ लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ।
पोखरा: पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे युवा समिति र आधिखोला न्यु दिल्ली उपाधिका लागि भिड्ने भएका छन् । पोखरा–३ नदिप...
रसुवा: नेपाल-चीन नाका क्षेत्रको लेन्दे खोलामा आएको बाढीका कारण रसुवा र नुवाकोट क्षेत्रबाट उत्पादन हुने नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका जलविद्युत् आयोजनाहरूको २५० मेगावाट विद्युत् उत्पादन बन्द भ...
काठमाडौँ: हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। मौसम पूर्वानुमा...