क्लबस्तरीय भलिबल: घान्द्रुक र आधिखोला उपाधिका लागि भिड्ने

भेट्रान्सतर्फ पोखरा र युनाइटेड किङ्स भिड्ने

पाेखरा | असार २७, २०८२

क्लबस्तरीय भलिबल: घान्द्रुक र आधिखोला उपाधिका लागि भिड्ने

पोखरा:  पोखराको नदिपुरमा जारी क्लबस्तरीय पुरुष तथा भेट्रान्स भलिबल प्रतियोगिताको क्लबस्तरीयतर्फ घान्द्रुक क्रोम्छे युवा समिति र आधिखोला न्यु दिल्ली उपाधिका लागि भिड्ने भएका छन् । 


पोखरा–३ नदिपुर छन्त्याल समाजको भलिबल कोर्टमा भएको पहिलो सेमिफाइलनमा आधिखोला न्यु दिल्लीले एपिएफ पोखरालाई ३–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो । 
आधिखोलाले एपिएफलाई २५–२२, २५–२१ र २६–२४ ले जित निकाल्यो । 


यस्तै दोस्रो सेमिफाइनलमा घान्द्रुक क्रोम्छे युवा समितिले ढुङ्गे देउराली क्लब पौवेगौवे स्याङ्जालाई पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको छ । 


घान्द्रुकले ढुङ्गे देउरालीलाई २५–२२, २५–२०, १६–२६ र २५–२३ को जित निकाल्यो । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजित तेस्रो संस्करणको क्लब तथा भेट्रान्स भलिबलको फाइनल खेल शनिबार हुनेछ । 


शनिबार बिहान क्लबस्तरीय एपिएफ र ढुङ्गे देउरालीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ । 


भेट्रान्सतर्फ पोखरा र युनाइटेड किङ्स भिड्ने


लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजित तेस्रो संस्करणको क्लब तथा भेट्रान्स भलिबलको भेट्रान्सतर्फ पोखरा भेट्रान्स र युनाइटेड किङ्सबीच प्रतिस्पर्धा हुनेछ । 


भेट्रान्सतर्फको पहिलो सेमिफाइनलमा पोखरा भेट्रान्सले शुक्लागण्डकी भेट्रान्सलाई २–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान पक्का ग¥यो । 


पोखराले शुक्लागण्डकीलाई २५–२१, २०–२५ र तेस्रो तथा निर्णायक सेट २५–१५ ले जित्यो । 


दोस्रो सेमिफाइनलमा युनाइटेड किङ्सले अर्चलबोट भेट्रान्सलाई २–० को सोझो सेटमा पराजित गर्दै फाइनलमा स्थान ग¥यो । 


युनाइटेडले अर्चलबोटलाई २५–२१ र २५–१२ ले पराजित ग¥यो । लामा अमृत फाउण्डेशन घान्द्रुकद्धारा आयोजित तेस्रो संस्करणको क्लब तथा भेट्रान्स भलिबल प्रतियोगिता असार २४ देखि सुरु भएको हो । 
प्रतियोगिताको भेट्रान्सतर्फको फाइनल खेल शनिबार १० बजे हुने लामा अमृत फाउण्डेशन घान्द्रुकका संस्थापक अमृत गुरुङले जानकारी दिए । 


प्रतियोगिताको विजेताले १ लाख २५ हजार, उपविजेताले ७५ हजार, तेस्रो हुनेले ३० हजार र सान्त्वना स्थान हासिल गर्नेले १५ हजार रुपैयाँसहति मेडल, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् । 


यस्तै भेट्रान्सतर्फको विजेताले ५० हजार र उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । 


प्रतियोगिताको विधागतर्फ उत्कृष्ट खेलाडी, स्पाइकर, मिडल ब्लकर, डिफेन्डर, सेटर,सर्भर, उदियमान खेलाडी र प्रशिक्षकले पुरस्कार प्राप्त गर्नेछन् । फाउण्डेशनले २०७५ र ०७६ सालमा पहिलो र दोस्रो संस्करणको प्रतियोगिता सञ्चालन गरेको थियो । 

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ । उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बस...

थप पढ्नुहोस्

पोखरा:  १४ औं संस्करणको पोखरा महोत्सवमा सुरक्षामा विशेष ध्यान दिइने भएको छ ।  महोत्सवमा आउने दर्शक र महोत्सव स्थलको सुरक्षाका लागि, नेपाल प्रहरी, सशस्त्र प्रहरी, सादा पोशाकका प्रहरी, सेक्युरिटी गार्...

थप पढ्नुहोस्

पोखरा: पोखरा–१४ मनकामना टोलको खेल मैदानमा पुस ३० गतेदेखि मनोहर कप तेस्रो क्लब स्तरीय खुला पुरुष भलिबल प्रतियोगित हुने भएको छ ।  मनोहर युवा क्लबको आयोजनामा हुने प्रतियोगिता माघ ३ गतेसम्म चल्...

थप पढ्नुहोस्