मोटरसाइकल दुर्घटना हुँदा आमा-छोरीको मृत्यु, बुवा घाइते
काठमाडाैं | मंसिर १४, २०८०
मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोरीको मृत्यु भएको छ।
बिहीबार दिउँसो १ बजे मकवानपुरगढी गाउँपालिका-२ धवाडीपुलस्थित भित्री सडकमा मोटरसाइकल दुर्घटना हुँदा आमा-छोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए। सुकौराबाट कान्तिलोकपथतर्फ जाँदै गरेको प्रदेश ३-०२-०१२ प ६९११ नं.को मोटरसाइकल आफैं अनियन्त्रित भएर पुलछेउबाट अन्दाजी १० मिटर तल खसेको हो।
दुर्घटनामा चालक मकवानपुरगढी-२ कुर्लेपाखा बस्ने अन्दाजी ३५ वर्षीय भीमबहादुर स्याङतानको टाउकोमा चोट लागेको छ। उनको उपचारको लागि हेटौंडा अस्पतालमा प्रारम्भिक उपचारपछि चितवनस्थित पुरानो मेडिकल कलेज पठाइएको छ।
मोटरसाइकलमा सवार उनकी श्रीमती ३४ वर्षीया रूपा र अन्दाजी ४ महिने छोरीको घटनास्थलमै मृत्यु भएको डिएसपी भण्डारीले बताए।
स्याङ्जा जिल्लाको प्रख्यात शक्तिपीठ स्वरेक कोटमा चैते दशैंको अवसर पारेर ठूलो धार्मिक महत्वका दुई घण्टी र त्रिशूल स्तम्भ स्थापना गरिएको छ। स्वरेक कोट स्थित श्री स्वरेक कोट कालिका भैरव मन्दिर व्यवस्थापन समित...
गृहमन्त्री सुधन गुरुङले कानुन कार्यान्वयनमा दह्रोसँग उभिन सुरक्षाकर्मीलाई निर्देशन दिनुभएको छ । जावलाखेलस्थित जिल्ला प्रहरी परिसर ललितपुरको निरीक्षणका क्रममा उहाँले पारदर्शी ढङ्गबाट कार्यसम्पादन गर्न नि...
वसन्त ऋतु सुरु भएसँगै म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पर्यटकीय गन्तव्य घोडेपानी गुराँस फुलेर रङ्गिएको छ। पाखैभरी ढकमक्क फुलेका लालीगुराँस र हिमश्रृङ्गलाको मनमोहक दृश्य हेर्न दैनिक सयौँ ...

