महेन्द्र माविलाई पाचौं पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि

पाेखरा | मंसिर १७, २०८०

महेन्द्र माविलाई पाचौं पटक राष्ट्रपति रनिङ शिल्डको उपाधि

पोखरा:   कास्कीको माछापुच्छे« गाउँपालिका शिक्षा युवा तथा खुलकुद शाखाकोद्धारा आयोजित पाचौं संस्करणको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि महेन्द्र माध्यमिक विद्यालयले लाहाचोकले जितेको हो । महेन्द्र माविको निरन्तर पाचौं पटकको जित हो ।


महेन्द्रले ११ स्वर्ण ५ रजत र २ कास्य सहित १८ पदक प्राप्त गर्दै प्रथम भएको छ । निश्पक्ष मा.विले ७ स्वर्ण ६ रजत ३ कास्य गरि १६ पदक साथ द्धितिय भयो ।  उदय मा.वि ४ स्वर्ण,४ रजत र ४ कास्य गरि १२ पदकमा चित्त वुझाउदै तृयिय भयो । प्रथमले नगद रु १५ हजार ,द्धितियले नगद रु १० हजार र तृतीयले नगद रु ७ हजार साथमा ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गरे । 


कार्यक्रममा माछापुच्छे« गाउँपालिका अध्यक्ष मिन बहादुर गुरुङले शिक्षा संगै खेलकुदलाई पनि प्राथमिकतामा राख्नु पर्नेमा जोड दिनुभयो । साथै विद्मार्थीको शिक्षा संगै खेलकुद बृद्धि विकासका लागि सधै पालिका साथमा रहेको उल्लेख गर्नुभयो ।


वडा न.४ का अध्यक्ष मदुसुदन अधिकारीले विगतझै जिल्ल,प्रदेश देखि केन्द्र सम्म स्थान बनाउदै खेलको माध्यमा बाट माछापुच्छे« गाउँपालिकालाई चिनाउन आग्रह गर्नुभयो ।  


माछापुच्छे गाउँपालिका शिाक्षा शाखा प्रमुख एवं खेल व्यवास्थापन उपसमिति संयोजक सम्झना पोरखेलले खेल भव्य र सौहार्दपुर्ण रुपमा सम्पन्न भएको भन्दै सहभागि विद्मालय,विद्मार्थी साथै विभिन्न भुमिकामा रहनुहुने सम्पुर्ण माहनुभाहरुमा धन्यवाद व्यक्त गर्नुभयो ।


महेन्द्र मा.विको खेल मैदानमा ३० खेलका साथ सम्पन्न प्रतियोगितामा माध्यमिक विद्मालयका कुल ३ सय ८३ विद्मार्थीले भाग लिएको शिक्षा शाखा सहायक विष्णु प्रसाद अधिकारीले बताउनु भयो ।


 

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्