पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

पाेखरा | मंसिर १७, २०८०

पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जित्यो

संस्थागत एवं निजी विद्यालयहरुको छाता संस्था युनिप्स नेपालको आयोजनामा सम्पन्न पाँचौ युनिप्स खेलकुद महोत्सवको उपाधि वेलनन एकेडेमीले जितेको छ ।

 

पोखरा रंगशाला सम्पन्न भएको उक्त खेलकुद महोत्सवमा सहभागि १८ विद्यालयलाई पछि पार्दै कुल १३३ अंकका साथ वेलननले उपाधि जितेको हो । हरेक दुई–दुई वर्षमा आयोजना हुने खेलकुद महोत्सवमा वेलननले यस अघि रनिङ शिल्डमा एक पटक कव्जा जमाइसकेको छ । वेलनन ले यो संगै लगातार चौथोपटक उपाधि जितेको छ ।

 

यसै गरि खेलकुद महोत्सवमा ११० अंकका साथ कलिका इङलिश सेकेण्डरी स्कल उपविजेता भएको छ । पोखरा रंगशालामा चार दिन देखि जारी खेलकुद महोत्सवमा ७४ अंक बटुल्दै पिनाकल एकेडेमी तेश्रो हुँदा ६३ अंकका साथ स्माइल स्मल हेभेन सेकेण्डरी स्कुलले चौथो स्थान प्राप्त गरेको प्रतियोगिता खेलकुद उपसमितिका संयोजक विनोद कुमार नेपालीले जानकारी दिए ।

 

त्यस्तै आज सम्पन्न फुटबल मावी छात्रतर्फको फाइनलमा वेलनन एकेडेमीले एकता आवाशियलाई ३–१ ले पराजित गर्दै च्याम्पियन भएको छ भने स्मल स्माइल हेभेनले तेश्रो तथा होली एन्जलले चौथो स्थान प्राप्त गरेको छ ।

 

विजेता विद्यालय तथा खेलाडीहरुलाई गण्डकी प्रदेश शिक्षा निर्देशनालयका उपमहानिर्देशक घनश्याम पौडेल, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरण बहादुर बानियाँ, युनिप्स नेपालका संस्थापक अध्यक्ष ध्रुव गिरीलगायतले मेडल, प्रमाणपत्र तथा ट्रफी वितरण गरेका थिए । सो अवसरमा बोल्दै उपमहानिर्देशक पौडेलले शिक्षा संगै अतिरिक्त कृयाकलापमा खेलकुद जोड्नु पर्ने अपरिहार्य रहेको बताउँदै खेलाडी उत्पादनको मुख्य थलो नै विद्यालय रहेको उल्लेख गरे ।

 

युनिप्स नेपालका अध्यक्ष  शान्त बहादुर गुरुङको अध्यक्षतामा समापन कार्यक्रम सम्पन्न भएको थियो । खेलकुद महोत्वमा युनिप्समा आवद्ध रहेका १८ विद्यालयका ४ हजार भन्दा बढि खेलाडीहरुले सहभागिता जनाएका थिए  । सहभागि विभिन्न खेलका ६ सय खेलाडीहरुलाई पुरस्कृृत गरिएको भएको युनिप्स सचिवालयका संयोजक शिवहरि सुवेदीले जानकारी दिए ।
 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा अर्थमन्त्री स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भएका छन्।   चितवनमा जारी पार्टीको प्रथम महाधिवेशनमा खुला पुरुषतर्फ उपसभापति पदमा उनीबाहेक अरूको उम्...

थप पढ्नुहोस्

फिफा विश्वकप २०२६ मा उपाधि दाबेदार ब्राजिलले लगातार दोेस्रो जित निकालेको छ।   तेस्रो जित निकाल्नेक्रमा उसले बिहीबार स्कटल्याण्डलाई ३–० ले हरायो।   ब्राजिलले पहिलो खेलम मोरक्कोसँग १...

थप पढ्नुहोस्

पोखरा पर्यटन परिषद्को आयोजनामा २१ औँ असारे रोपाइँ महोत्सव आगामी १४ गते हुने भएको छ ।   पोखरा महानगरपालिका ३० लेखनाथमा “पोखरा सबै मौसमका लागि” भन्ने मूल नाराका साथ कृषि पर्यटनको प्र...

थप पढ्नुहोस्