उत्तरी गोरखाको सिर्दीबासमा खच्चडबाट चामल ढुवानी
गोरखा | मंसिर १८, २०८०
उत्तरी गोरखाको सिर्दीबास डिपोमा खच्चडबाट ढुवानी गरेर बिक्रीका लागि ढुवानी अनुदानको चामल पु¥याइएको छ ।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय गोरखाले चालु आर्थिक वर्ष २०८०र०८१ का लागि सिर्दीबास डिपोका लागि चामल ढुवानी गर्न थालेको कार्यालयका सूचना अधिकारी शिव सुनारले जानकारी दिनुभयो ।
“सदरमुकामस्थित कम्पनीको शाखा कार्यालयबाट दोभानसम्म मिनिट्रक र दोभानबाट सिर्दीबास डिपोसम्म खच्चडले ढुवानी गर्न थालेको छ”, उहाँले भन्नुभयो, “सिर्दीबास डिपोमा चामल ढुवानीका लागि दूधपोखरी निर्माण सेवासँग कम्पनीले ठेक्का सम्झौता गरेको छ ।” चालु आवका लागि अहिलेसम्म ६७ क्विन्टल चामल सिर्दीबास डिपोमा पु¥याइ सकिएको सूचना अधिकारी सुनारले जानकारी दिनुभयो ।
कम्पनीले चालु आवमा सिर्दीबास डिपोका लागि एक हजार क्विन्टल, माछाखोला डिपो, नामरुङ बिक्री केन्द्र र चुम्लिङ बिक्री केन्द्रका लागि पाँचरपाँच सय क्विन्टल चामलको ढुवानी कोटा निर्धारण गरेको छ । “सिर्दीबासमा चालु आवमा पहिलोपटक चामल पु¥याइएको हो”, उहाँले भन्नुभयो, “पहिलो लटमा सिर्दीबास डिपोका लागि ६७ क्विन्टल स्टिम जिरा मसिनो चामल पु¥याइएको हो ।”
कम्पनीले गोरखा बजारदेखि सिर्दीबास डिपो र नाम्रुङ बिक्री केन्द्रको लागि चामल ढुवानी गर्न दूधपोखरी निर्माण सेवा एण्ड सप्लायर्ससँग ठेक्का सम्झौता गरेको छ भने चुम्लिङ बिक्री केन्द्र र माछाखोला डिपोका लागि लिलिएन घले कन्स्ट्रक्सन कम्पनीसँग ठेक्का सम्झौता गरेको उहाँले जानकारी दिनुभयो ।
विकटमा रहेको खाद्य डिपो र बिक्री केन्द्रमा समयमै चामल पु¥याउनका लागि छिट्टै ढुवानी गर्न सुरु गरिएको सूचना अधिकारी सुनारको भनाइ छ । खाद्य कम्पनीले सिर्दीबास डिपोबाट बिक्रीका लागि सोना मन्सुली चामल प्रतिकिलो रु ५६, स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ८८ मा मूल्य निर्धारण गरेको छ ।
त्यस्तै माछाखोला डिपोबाट बिक्रीका लागि सोना मन्सुली चामल प्रतिकिलो रु ५४, स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ८८ र नामरुङ बिक्री केन्द्रबाट सोना मन्सुली चामल प्रतिकिलो रु ६५, स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ९१ मूल्य तोकेको छ ।
चुम्लिङमा रहेको बिक्री केन्द्रबाट सोना मन्सुली चामल प्रतिकिलो रु ६५ र स्टिम जिरा मसिनो चामल प्रतिकिलो रु ९० मा बिक्री गर्ने गरी मूल्य निर्धारण भएको कम्पनीले जनाएको छ । कम्पनीले नामरुङ र चुम्लिङ बिक्री केन्द्रमा पनि तत्कालै चामल ढुवानी गर्नका लागि ठेकेदार कम्पनीसँग छलफल गरिरहेको सूचना अधिकारी सुनारले बताउनुभयो
पोखरा - नेपाल पत्रकार महासंघ कास्की शाखाले आफ्नो स्थापनाको ५० औँ वर्ष (स्वर्ण जयन्ती) लाई वर्षभरि नै विविध कार्यक्रमका साथ मनाउने घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ, कास्कीले बु...
पोखरा— जिल्ला प्रहरी कार्यालय कास्कीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ। पोखरा ९ रंगशाला गेट क्षेत्रबाट लागूऔषध बिक्री–वितरण भइरहेको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्याल...
राष्ट्रिय स्वतन्त्र पार्टीका नवनिर्वाचित सभापति रवि लामिछानेले आफूलाई अपरिपक्व हुने छुट नभएको बताएका छन्। चितवनमा पद तथा गोपनियता शपथ लिएपछि उनले परिस्थितिले आफूलाई बढी जिम्मेवार बनाएको बताएका हु...

